रुपन्देही । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सरकार र पार्टी दुबैमा बहुमतकाे अहमता रहेकाे बताएका छन् । उनले भने-नत सरकारले जनचाहान अनुरुप काम गर्न सकेकाेछ न अाफ्नाे पार्टीले प्रभावकारी भुमिका खेल्न्न सकेकाेछ । उनले सभापतिले नेपाली कांग्रेसलार्इ बिधान बिपरित चलाएको आरोप लगाए ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व महामन्त्री समेत रहेका नेता सिंहले बिधिबिधान मिच्ने अधिकार कसैलार्इ नभएको भन्दै उनले बिधानमा २ वटा उपसभापति राख्ने ब्यबस्था नभएको उल्लेख गरे । उनले भने ‘आफुलार्इ लोकतान्त्रिक पार्टी भन्ने अनि नेतृत्वले बिधान बिपरित बहुमतको आडमा मनपरि काम गर्ने, यसलार्इ सच्चाएर अगाडी बढ्नुपर्छ ।’
कांग्रेस नेता सिंहले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको बताए । उनले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए । अब सबैलार्इ समेटर बिधान र बिधिलार्इ अबलम्बन गर्ने नेतृत्व कांग्रेसमा आम कार्यकर्ताले खोजेको उनको तर्क छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता सिंहले बर्तमान सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाए । सरकारका गतिविधिले दुईतिहाइको सरकार हुँदा पनि संघीयतालई संस्थागत गर्ने पक्ष नदेखिएको उनको भनार्इ छ । उनले, ‘सरकार सबै दृष्टिबाट फेल भइसक्यो, जनताले यो सरकारबाट धेरै आशा गरेका थिए ।’ संविधानमा उल्लेखित अधिकारहरु कानुन बनाएर काम गर्नुपर्नेमा ९ महिना वितिसक्दा पनि कुनै विधेयक संसदमा पेश गर्न नसकेको उनले गुनासो गरे ।
समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता नभएको भन्दै कांग्रेस नेता सिंहले कुरा मात्र ठूला गर्ने र विकास बजेट ८ प्रतिशत पनि खर्च गर्न नसक्नेबाट धेरै आशा गर्न नहुने बताए । यातायातको सिण्डिकेट, सुनकाण्ड जस्ता घटनाको संरक्षणमा सरकार नै लागेको उनको अाराेप छ ।
प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार १४:०५