सुर्खेत । प्रधानसेनापति छैंठौं अन्तर्राष्टिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा सहभागी हुन कर्णाली प्रदेशको टोली आज काठमाण्डौं प्रस्थान गरेको छ ।
२० सदस्यीय टोलीलाई आज एक कार्यक्रमका वीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, पूmटबल संघका अध्यक्ष जनक रावललगायतले जीतको शुभकामनासहित विदाई गरेका हुन् ।
टोलीमा सुर्खेत दैलेख, कालिकोट र जुम्लाका गरी १८ जना खेलाडी र ३ जना अफिसियल रहेका छन् । कार्यक्रमका अध्यक्ष गिरीले कर्णाली प्रदेशको प्रतिष्ठा र प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउँदै उपाधिसहित आउन शुभकामना दिए ।
यस्तै फुटबल संघका अध्यक्ष रावलले यो प्रतियोगिता चुनौति मात्र नभई अवसर पनि भएकाले अनुशासित र मर्यादित भएर खेलभावना आत्मसाथ गरी आप्mनो क्षमता प्रदर्शन गर्न सुझाव दिए ।
संघका महासचिव गणेशकुमार कार्कीले आफू कुन जिल्लाका लागि खेल्दै छु भन्ने बिर्सिएर सिंगो कर्णाली प्रदेशको प्रतिनिधित्व गरी आप्mनो पहिचान स्थापित गराउन शुभकामना दिए ।
भुटानमा हालैसम्पन्न सम्पन्न १८ वर्षमुनीको महिला साफ फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका सदस्य सिर्जना सिंह र सम्झना शाही पनि यो टोलीमा रहेका छन् ।
कर्णाली प्रदेशको महिला फुटबल टोलीले आप्mनो पहिलो खेल ६ गते नेपाल प्रहरीको विभागीय टोलीसंग खेल्ने छ ।
मंसिर ५ गतेदेखि १२ गतेसम्म काठमाडौंमा सञ्चालन हुने प्रतियोगितामा ३ वटा विभागीय, दुई वटा भारतीय र ७ वटा प्रदेशका गरी १२ वटा टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले उपाधिसँगै नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुइ टोलीले एक एक लाख रुपैयाँ पुरस्कार पाउने बताइएको छ ।
प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार १८:०१