सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतमा आसन्न महासमिति बैठकमा पेश गर्ने राजनैतिक प्रस्ताव मस्यौदा सम्बन्धी छलफल गर्न मंगलबार कर्णाली प्रदेशस्तरीय भेलाकाे अायाेजना गरेकाे छ । नेपाली कांग्रेस केन्द्रीय समितिकाे अायाेजना तथा नेपाली कांग्रेस सुर्खेतकाे व्यवस्थापनमा वीरेन्द्रनगरमा हुने कर्णाली प्रदेशस्तरीय भेलालार्इ नेपाली कांग्रसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटाैलाले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जनाएका छन् ।
फाइल फाेटाेकार्यशालामा कांग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठौर, हृदयराम थानी र विज्ञ श्रीकृष्णअनरुद्र गौतमको पनि उपस्थितिमा मस्यौदामाथि रायसुझाव संकलन हुने सभापित रेग्मीले जनाएका छन् । सो कार्यक्रममा केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रतिनिधिसभा, राष्ट्रीय सभा र प्रदेशसभा सदस्यहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, भातृ तथा शुभेच्छुक संगठनका प्रदेश प्रमुख तथा अध्यक्षहरु, नगरपालिकालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्ष गरी करिव डेढ सय जनाको उपस्थिति रहने कांग्रेस सुर्खेतका सभापति रेग्मीले जानकारी दिए ।
कांग्रेस सुर्खेतका सभापति रेग्मीका अनुसार मंगलबार विहान ९ बजे सो कार्यक्रम सुरु हुनेछ । कार्यशालामा कांग्रेसको विगत, वर्तमान र भविष्यको अवस्था, नयाँ पुस्तालार्य आवद्ध गर्ने उपाय, स्थानीय, प्रदेश सरकारका काम कारबाही, वर्तमान सरकारप्रतिको हेराई, भातृ तथा शुभेच्छुक संस्थाहरुको व्यवस्थापन, अन्य दलप्रति कांग्रेको दृष्टिकोण, संघीयता कार्यान्वयनमा देखापरेका समस्या र समाधानका उपाय, परराष्ट; नीतिलगायतका वारेमा छलफल तथा सुझाव संकलन गर्ने बताइएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार २०:२२