सुर्खेत । वीरेन्द्रनगरको खजुरामा पहिलो पटक UPVC वातावरणमैत्री झ्याल, ढोका उपलब्ध हुने भएको छ ।
काठको वैकल्पिक उपायको रुपमा रहेको युपिभिसीको लाइफ ग्यारेन्टी हुन्छ । तर काठका झ्याल ढोकामा ४\५ वर्ष पछि नै किरा लाग्ने सम्भावना धेरै हुन्छ । काठका उत्पादन पसाङ्गिन पनि सक्छ ।
त्यस्तै काठमा विशेष गरी रङरोगन तथा डिजाइनमा समय लाग्छ । तर, युपिभिसीमा न किरा लाग्ने डर हुन्छ, न पसाङ्गिने डर ।
त्यस्तै युपिभिसीलाई एकपटक प्रयोग गरेपछि मेन्टिनेन्स गरिरहनु पर्ने झन्झट हुँदैन । युपिभिसीका उत्पादनलाई डिजाइन गर्न धेरै समय लाग्दैन ।
आरवि युपिभिसीका प्रोपाइटर शिव ढकाल अनुसार अर्डर गरेको एक देखि दुई हप्ता भित्र युपिभिसीका झ्याल, ढोका तथा खापा तयार हुने गर्छ । त्यस्तै फिट गर्न तथा डिजाइन तयार गर्न पनि समय नलाग्ने ढकालले बताए ।

भुकम्प प्रतिरोधी
युपिभिसीका उत्पादनलाई भुकम्प प्रतिरोधी मानिन्छ । प्राधिकका अनुसार युपिभिसीको बाक्लोपन उच्च भुकम्प प्रतिरोधी हुन्छ । युपिभिसीको भित्रिभागमा फलामे डण्डीको समेत प्रयोग गरिएको हुन्छ ।
आगलागीबाट मुक्ति
प्लाष्टिकबाट बनेको भन्ने बित्तिकै हामी आगोलागी भैहाल्छ भन्ने आममानिसको बुझाइ छ । तर, युपिभिसीको झ्याल तथा ढोकामा आगलागी हुने कुनै सम्भावना नै रहदैन ।
‘युपिभिसीमा प्लास्टिकको जल्ने भाग पहिल्यै रिफाईन गरिएको हुन्छ’ युपिभिसी प्राविधिक भन्छन्, ‘आगलागि भै हाल्यो भने पनि युपिभिसीका झ्यालढोका डल्लो पर्छ,तर आगो भने सल्किन्न ।’
वातावरणमैत्री आधुनिक प्रविधी, कुनैपनि तापक्रमले असर नगर्ने, रङरोगन तथा मर्मत सम्भारबाट छुटकारा, आगोले नछुने, सुरक्षित, सफा गर्न सजिलो हुने गर्दछ ।
बलियो, स्तरीय, टिकाउ, भरपर्दो तथा आरामदायी, हरेक एङ्गलबाट खोल्न र फिटिङ्ग गर्न सकिने, पसाङ्गिने, बाङ्गो–टिङ्गो हुने, त्रिपट हुने समस्या नआउने झ्याल ढोकाका विशेषताहरु रहेको आरवि युपिभिसीका प्रोपाइटर शिव ढकालले जानकारी दिए ।
प्रकाशित मिति: २१ भाद्र २०७५, बिहीबार १४:१९