काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समितिको निर्णय अनुसार भदौमा गर्नुपर्ने महासमिति बैठकको मिति अझै तय नभएकोमा असंतुष्टी जनाएका छन् । उनले महासमिति बैठक सार्न खोजेर पार्टी नेतृत्वले पार्टीका सवै गतिविधि पर सार्न खोजेको आरोप लागए ।
नेपाल विद्यार्थी संघ अपाङ विद्यार्थी समन्वय समितिले आयोजना गरेको एसईई परिक्षा उर्तिण विद्यार्थी तथा अपाङगता भएर राजनीतिक तथा समाजिक क्षेत्रमा विषेश योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले महासमितिमा प्रस्तुत गरिने विधान संशोधन समिति गठनका लागि आफूले तीन हप्ताअघि नै नाम दिए पनि पार्टी नेतृत्वले विधान समितिका सदस्यको नाम नदिएको भनेर आफूलाई बदनाम गराउन खोजेको बताए ।
‘तीन हप्ता भइसक्यो विधान संशोधन समितिका लागि नाम दिएको, तर, मैले नाम दिएको छैन भन्ने बहानामा समिति नबनाई महासमिति बैठक नै पर सार्ने प्रयत्न भएको छ,’ पौडेलले भने, ‘तत्काल विधान समिति बनाएर भदौमा महासमिति बैठक राख्नुपर्छ । पहिलेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ । अन्यथा १४औँ महाधिवेशनसमेत प्रभावित हुन्छ । अहिले महासमिति पर सारेर पार्टीका सवै गतिविधी पर सार्ने षड्यन्त्र सुरु भएको छ ।’
वरिष्ठ नेता पौडेलले नेपालमा निष्ठको राजनीति समाप्त पार्ने कांग्रेसको निष्ठावान नेतृत्व समाप्त पार्ने र कांग्रेसलाई नेतृत्वविहिन बनाएर लोकतन्त्र र मुलुकलाई समाप्त पार्ने षड्यन्त्र भएको बताए । उनले मुलुकमा पैसाको राजनीति हावि भएको भन्दै पैसाको राजनीतिले विकास र लोकतन्त्रको चीर हरण गर्न लागेको बताए ।
वरिष्ठ नेता पौडेलले युवा विद्यार्थीले निष्ठा र प्रतिवद्धताको राजनीतिलाई अगािड बढाउन पनि आग्रह गरे । पौडेलले पार्टीको १३ औं महाधिवेशनको म्याण्डेटका कारण पार्टी अहिलेको अवस्थामा पुगेको बताए । उनले भने– ‘योग्यता निष्ठा र कार्यक्षमतालाई मापदण्ड बनाउनुपर्छ । कोहि व्यक्ती हेरेर कसैलाई रोक्ने गरि मापदण्ड बनाउनु हुँदैन । कांग्रेसमा एक पटक एक व्यक्ती एक पदको बिषय पटक पटक उठ्यो तर एक पटक डा रामशरणको हकमा लागु भयो । त्यो भन्दा पछि कसैको हकमा लागु भएन । व्यक्ती हरेर मापदण्ड बनाउनु हुँदैन् ।’
कांग्रेसमा अहिलेको आवश्यकता भनेको पार्टीको आमुल सुधार भएको पौडेलको भनाई थियो । उनले भने –‘गुट उपगुटको अन्त्य गरौ भन्दै भन्दै गुट बनाउदै हिड्नुभएन । गुट उपगुटको अन्त्य कांग्रेसमा आमुल सुधार भएपछि हुन्छ । अहिले नै म नेता त नेता भनेर हिड्नुभन्दा कांग्रेसमा सुधार गरौ । भोली नेता को को हुने हो हुन सकिन्छ ।
यस्तै वरिष्ठ नेता पौडेलले नेपाल विद्यार्थी संघको महाधिवेशन घोषणा नगरेर बर्बाद गर्न खोजेको आरोप पनि लगाए । ‘नेविसंघलाई बर्बाद गर्न खोजिँदै छ, यसमा गम्भीर चिन्ता लागेको छ,’ उनले भने, ‘तीन महिना थपेर मात्र पुग्दैन । तत्कालै क्याम्पस, जिल्ला, प्रदेश अधिवेशन सकेर केन्द्रीय अधिवेशन दसैँ र तिहारको बीचमा गर्नुपर्छ । अन्तिम समयमा गर्ने भन्न थालियो भने फेरि पनि महाधिवेशन हुँदैन ।
वरिष्ठ नेता पौडेलले नेपाल बिद्यार्थी संघको अधिवेशन टार्ने प्रपञ्च सुरु भएको भन्दै पार्टीको निर्देशक समिति नै अधिवेशन टार्ने प्रपञ्चमा लागेकाले सचेत हुन बिद्याथीहरुलाई आग्रह गरे । उनले नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिको म्याद तीन महिना थप्दा महाधिवेशनको कार्यतालिका नआउदा अधिवेशन प्रति आशंका बढेको बताए ।
प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलवार २०:१५