सुर्खेत, २९ जेठ । बुलबले उद्यानमा पर्खाल लगाउन जिम्मा लिएको निर्माण व्यवसायी कम्पनीले सम्झौता अनुसार काम नगरेको भन्दै भत्काइए पछि काम रोकिएको छ । निर्माणको काम गुणस्तरीय नभएको भनी बुलबुले उद्यानमा लगाएको पर्खाल दुई पटक भत्काइएको थियो ।
झण्डै २६ विगाहमा फैलिएको पर्यटकिय क्षेत्र बुलबुले उद्यान संरक्षण गर्न ३ करोडमा पर्खाल निर्माणको जिम्मा लिएको कम्पानीले सम्झौता विपरीतका सामग्री प्रयोग गरि बनाइएको पर्खाल उपत्यका नगर विकास समितिका पदाधिकारीले नै दुई पटक भत्काका थिए । पहिलो पटक चेतावनी सहित सम्झौता अनुसार सामग्री प्रयोग गर्न भने पनि कम्पनीले अटेर गरी पुनः पर्खाल लगाएको एक हप्तामा फेरि भत्काइएको समितिले जनाएको छ ।
पछिल्लो समयमा निर्माण व्यवसायी कम्पनीले काम आलटाल गरि रोकेको छ । टिडिआर÷जिटि जेभि कम्पनीले तीन करोड २८ लाखमा पर्खाल बनाउने जिम्मा लिएको थियो । ४ करोड ४१ लाख लागत स्टिमेट रहेकोमा २५ प्रतिशत घटेर निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले समयमै काम नहुँदा विभिन्न खालका समस्याहरु उत्पन्न भइरहेको बताए । उनले काम सुरु भएतापनि काम गुणस्तरीय नहुँदा नगरविकास समिति गएर पर्खाल भत्काएर गुणस्तर तरिकाले काम गर्न आग्रह गरेको बताए । उनले भनेर्र्, कर्णाली प्रदेशको पर्यटकिय स्थल भनेर चिनिने बुलबुलेलाई निर्माण व्यवसायीका कारणले ढिलासुस्ती तरिकाले काम नहोस भनेर दत्तचित्त भएर लागेका छौ ।’
उपत्यका नगर विकास समितिका अध्यक्ष कोइरालाले भने ‘निर्माण व्यवसायीको कछुवाको गतीले गरेको कामले बुलबुले उद्यानमा क्षति हुनु जस्तै हो’ । उनले निर्माण व्यवसायीले ८ महिना भित्रैमा काम सकाउँछौ भनेर प्रतिवद्धता गरे अनुसार नै काम गर्नु पर्ने बताए । ‘कछुवा गतिले काम गरेको देखेर २ वर्ष सम्म पनि काम पुरा हुन्छ जस्तो लाग्दैन’ उनले भने । उनका अनुसार बुलबुले पार्कभित्र धेरै पर्यटक भित्रिएपनि टिकट हेर्दा त्यो अनुसारको नभएका कारणले बुलबुलेको गेटको अत्यन्तै आवश्यकता भएको बताए ।
उपत्यका नगर विकास समितिका अध्यक्ष कोइराला भन्छन् ‘अहिले सरदर आन्तरिक र बाह्य पर्यकट गरेर दुईहजारको हाराहारीमा दैनिक रुपमा आउने गर्छन् ।’ यो संख्या विषेश गरी शनिबारका दिन र विदा पर्वका दिनमा बढेर जाने गर्दछ ।’ उनका अनुसार बुलबुलेमा १० जना जती कर्मचारीहरुलाई काटेको टिकटले खर्च पुग्ने गरेको छ । उनले कर्णाली प्रदेशको बजेटले बुलबुले उद्यानलाई प्राथमिकतामा राख्ने आशा व्यक्त गरे ।
यता निर्माण व्यवसायी विवेक थापाले जग्गाको विवादका कारणले गर्दा समयमै काम पुरा गर्न नसकेको बताए । बुलबुले गेट वरिपरि केही जग्गा धनीहरुको जग्गा परेको हुँदा उनिहरुका कारणले काम रोक्नु परेको थापा बताउँछन् ।
बुलबुले गेटको म्याद अझै २ वर्ष बाँकी रहेको बताउँदै उपत्यका नगर विकास समितिले जग्गा विवाद नहुने तरिकाले दिए सम्झौता अनुसार काम सकिने बताए ।
प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलवार १६:०३