सुर्खेत, २२ चैत । सहायक राजमार्ग भएपनि सरकारी प्राथमिकतामा नपरेको आमवासा–दानुवाताल—तेलपानी–सुर्खेत सडक तराई जोड्ने छोटो दुरीको वैकल्पिक सडक हो । निर्माणको सुरुवातीमा खुबै चर्चा पाएको यो सडक निर्माणको काम पछिल्लो समयमा ओझेलमा परेको छ ।
भारतसँग मात्र नभई नेपालकै समथल भूमिस“ग नजोडिएको कर्णाली प्रदेशलाई सडक मार्गले जोड्ने छोटो सडकका रुपमा रहेको आमवासा–दानुवाताल—तेलपानी–सुर्खेत सडक निर्माणको मुख्य चनौती नै कम बजेट हो । वार्षिक रुपमा करोड रुपैया“ पनि बजेट नआउने सो सडक निर्माणको काम कछुवाको गतिमा छ ।
आमवासा–दानुवाताल—तेलपानी–सुर्खेत सडक पछिल्लो संरचना अनुसार संघीय सरकारमा नभर्ई प्रदेश सरकार मातहत राखिएको डिभिजन सडक कार्यालयका प्रमुख वेल बहादुर भुजेल बताउ“छन् । उनी भन्छन्, ‘आमवासा–दानुवाताल—तेलपानी–सुर्खेत सडक संघीय अन्तर्गत नभई प्रदेश अन्तर्गत रहेको छ ।
सडक निर्माण कार्यलाई दु्रत गतिमा अघि बढाउन बहुबर्षीय ठेक्का प्रणालीमा राख्न सडक विभागमा फाइल पेश गरिएको तर अहिलेसम्म स्वीकृत नभएको डिभिजन सडक कार्यालयका प्रमुख भुजेलले बताए ।
कुल ५२ किलोमिटर सडक मध्ये सुर्खेत खण्डको करिब २६ किलोमिटर रहेकोमा ४ किलोमिटर सडक र्ट्याक खोल्न बांकी रहेको सो सडक खण्डमा चालु वर्षमा आएको ७५ लाख रुपैया“ बजेटबाट नाला निर्माण गर्न लागिएको डिभिजन सडक कार्यालयका इन्जिनियर दिपेन्द्र विष्टले जानकारी दिए ।
सडक निर्माणको जस्तै अवस्था सो सडक खण्डमा पर्ने रानीघाट स्थित भेरी नदीमा निर्माणाधीन पुल पनि कछुवाकै गतिमा छ । १ सय २० मिटर लामो पुल १४ करोड २९ लाख ८९ हजार रुपैया“को लागतमा ३ वर्षमा सम्पन्न गर्ने गरी पप्पु–मल्ल जेभी दैलेखले ०६९ असार २९ मा सम्झौता गरेको थियो । तर ०७१ साल साउन महिनामा आएको बाढीले निर्माणाधीन पुलमा क्षति पुर्यापछि दुई वर्ष काम अवरुद्ध नै भयो भने गत वर्ष यता पुनः काम चालु गरेपनि प्रगति भने हुन नसकेको छैन् ।
तीन वटा पिल्लर रहेको स्टील्ट्रष्ट पुलको तेस्रो निर्माण सम्पन्न भएको दोस्रो १० मिटर जमिन मूनि धसाउन बांकी रहेको र पहिलो करिब ३ मिटर धसाउन बांकी रहेको इन्जिनियर विष्टले जानकारी दिए । गत महिना देखि पुनः काम सुरु गरिएको उक्त पुलमा निर्माण कम्पनीले मन लगाएर काम नगर्दा समस्या भएको इन्जिनियर विष्टको भनाई ।
करिब ५२ किलोमिटर लामो दानुवाताल–तेलपानी–सुर्खेत सडक ५ नम्बर तराई सहित प्रदेशको वर्दिया र सुदूरको सात नम्बर जोड्नुकासाथै पश्चिमपहाडी क्षेत्रहरुका जिल्लामा पुग्नका सुर्खेतबाट ८० किलोमटिर लम्बाइ छोटो वैकल्पिक राजमार्ग हो ।
कर्णाली प्रदेशसका बासिन्दा सुदूरपश्चिम र भारतीय नाकामा जाने तथा तराई र हिमाल जोड्ने छोटो दुरीको सडक भएकाले सुर्खेत र बर्दिया बासिन्दाहरुले सडक छिटो निर्माण गर्नुपर्नेमा जोड दिंदै आएका छन् ।
प्रकाशित मिति: २२ चैत्र २०७४, बिहीबार ११:३६