सुर्खेत, ९ पुस । धेरै जसो सुनसान देखिने वीरेन्द्रनगरमा रहेको क्षेत्रीय स्तरको संग्रहालयमा आइतबार विद्यार्थीहरु र नागरिककोे निकै भिड लागेकोे थियो । प्रचारप्रसारको अभाव र हेर्नलायक विशेष सामाग्री नभएर पनि सुर्खेतको संग्रहालयमा अवलोकन गर्नेहरुको संख्या एकदमै न्युन हुन्छ । तर आइतबार भने थुप्रै विधार्थी र सर्वसाधारण नागरिकहरु लाईनमै बसेर संग्रहालय भित्र प्रवेश गर्न हतारमा देखिन्थे ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पुरातत्व विभागको आयोजनामा पुरातात्विक, एैतिहासीक एंवम धार्मिक सम्पदाहरुको फोटो प्रर्दशनी कार्यक्रममा वीरेन्द्रनगरमा रहेका निजी तथा सामुदायिक विद्यालयबाट शिक्षक तथा विधार्थी एवं नागरिकहरुको भिड लागेको हो ।
प्रर्दशनीको पहिलो दिन दिउँसो सम्म मात्रै ४ हजार भन्दा बढि अवलोकन कर्ताहरु आएको आयोजकले जनाएको छ । पुरातत्व विभागको आयोजनामा भएको फोटो प्रर्दशनीमा ८२ वटा फोटो हरु राखिएका छन् । ति तस्बीरहरुमा प्रदेश नम्वर ६ बाहेक हरेक जिल्लाको प्रतिनिधित्व गराउन खोजीएको पुरातत्व विभागका अधिकृत एवं फोटोग्राफर सुनिल डंगोलले बताएका छन् । उनले भर्ने फोटो प्रर्दशनी गर्नु हाम्रो मुख्य उदेश्य भनेको नेपाल भित्र रहेका विभिन्न स्थानहरुको बारेमा जानकारी दिनु नै हो ।’
नेपाल भित्रै रहेका कतिपय सम्पदाहरुको बारेमा सबै नागरिकलाई जानकारी नभएको र सबैले घुम्ने अवसर नमिलेकै कारणले हरेक जिल्लामा पुगेर फोटो प्रर्दशनी गरीएको फोटोग्राफर डंगोलले बताए । सम्पदाको बारेमा बुझे पछि संरक्षण र संवद्र्धन र प्रर्वद्धन लागि लागुन भन्ने चाहाना हो । उनका अनुसार आफुहरुले धेरैभन्दा धेरै अवलोकन कर्ताहरुको उपस्थिती चाहेकाले निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फोटो ग्राफर डंगोलले सुर्खेत जिल्ला बासीले यहीँ बसेर देशका सम्पदाहरुको बारेमा अधिकतम जानकारी लिउन् भन्ने आफुहरुको अपेक्षा रहेको भन्दै यो प्रर्दशनीले रुचि बढाएर संर्वद्धन, संरक्षण र प्रर्वदन हुने विश्वास व्यक्त गरे ।
विगतका प्रर्दशनीका २० देखि २५ हजार दर्शकले अवलोकन गर्दै आएकोमा यसवर्ष ३० हजार दर्शकले अवलोकन गर्ने आफुहरुको अनुमान रहेको डंगोलले बताए । हरेक वर्ष १ जिल्लामा फोटो प्रर्दशनी पुरातत्व विभागले यस वर्ष सुर्खेतमा गरेको हो ।
फोटो प्रर्दशनीमा भुकम्प अघिको धरहरा, जानकी मन्दिर, हाडिगाउको जात्रा लगायतका विभिन्न हिमाल, जातजातीका भेषभुषा पनि राखिएको छ । सुदुरपश्चिमका देवल, बौदनाथ, स्तुपा, मुस्तांगका विशेष गुफा, डोल्पाको त्रिपुरासुन्दरी मन्दिर लगायतका स्थानहरुलाई फोटो प्रर्दशनीमा चित्र मार्फत देखाईएको छ ।
आईतबार देखि सुरु भएको फोटो प्रर्दशनी ११ गते सम्म चल्नेछ भने बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म जारी रहने छ ।
प्रकाशित मिति: ९ पुष २०७४, आईतवार १५:२९