कालीकोट, ९ पुस । प्रहरी र म्यादी प्रहरीबीच झडपमा १ जना म्यादी प्रहरीको मृत्यु पछि उत्पन्न तनावका कारणले आइतबार बिहानैदेखि कालिकोट सदरमुकामको जनजीवन प्रभावित भएको छ । शनिवारदेखि स्थानीय प्रशासनले लगाएको कर्फुका कारणले जनजीवन प्रभावित बनेको छ ।
कर्फुका कारणले कर्णाली राजमार्ग अबरुद्ध भएको छ भने स्थानीयहरुले सहज रुपमा आवात जावत गर्नका पाएका छैनन् । बजार पूर्ण रुपमा बन्द भएको छ।
शान्ति सुरक्षामा खलल पुग्ने भन्दै शनिबार बेलुकाबाट स्थानीय प्रशासनले कर्फु लगाएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गेरैले बताए । ‘जिल्लामा शान्ति सुरक्षामा खलल पुग्ने भएका कारणले कर्फु लगाइएको हो ।’ उनले भने,‘आन्दोलनले उग्र रुप लिन थालेपछि कर्फु लगाइएको छ ।’
कर्फुका कारणले स्थानीय एफएम रेडियो शनिबार राती ७ बजे नै बन्द भएका थिए । पत्रपत्रिका पनि निकस्न सकेको छैनन् । कर्फु लगाएर प्रशासनले ज्यादती गरेको स्थानीयबासी आरोप लगाएका छन् ।
स्थानीय रामबहादुर शाहीले प्रहरी प्रशासनले जनताको मौलिक अधिकार हनन् गरेको बताए । ‘स्थानीय प्रशासनको ज्यादती निकै बढ्दै गएको छ ।’ उनले भने,‘हामीलाई खान बस्न समेत दिएन् ।’
म्यादी प्रहरीले पाउने तलव सुविधामा ६४ हजार भएपनि ५ हजार कटौति गरेको भन्दै म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि प्रहरीसँग झडप हुदाँ एक जना म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो ।
प्रकाशित मिति: ९ पुष २०७४, आईतवार १०:००