मंसिर, १७ सुर्खेत । प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कााँग्रेसका तर्फबाट सुर्खेतको क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले सुर्खेतको भेरी उपत्यकालाई अबको १५ बर्षभित्र आधुनिक शहरका रुपमा जनतालाइ सुम्पने आफ्नो योजना रहेको बताएका छन् । आइतबार मेहलकुनामा आयोजित काँग्रेस क्षेत्र नं. १ सुर्खेतको बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै खड्काले यस अघि २०७० मा निर्वाचनको निर्वाचनका बेला आफूले स्थानीयलाइ भेरी वारीपारी रहेका वस्तीहरुलाइ आधुनिक शहरका रुपमा विधास गर्ने भनेर गरेको प्रतिबद्धता अनुसार त्यसका लागि आवश्यक पूर्वाधार विकासका कार्यहरु भैरहेको बताए ।

आमसभालाई सम्बोधन गर्ने क्रममा काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खड्काले सुर्खेतका विभिन्न क्षेत्रमा बाढीले कटान गरेका र बाढीले क्षती पु¥याउन सक्ने सम्भावित ठाउँहरुमा नदी नियन्त्रणको लागि ९६ करोड रुपैयाँको बजेट स्वीकृत गराएर आसन्न निर्वाचनका लािग आफू जनतासमक्ष भोट माग्न आएको स्पष्ट पारे । यस्तै धारापानीका प्रत्येक गाउँहरु छुने गरि रिङरोड बनाउन ४० करोड छुट्याइएको समेत खड्काले बताए ।
लोकतन्त्रको संस्थागत विकास र रक्षाका लागि काँग्रेसको जीत अपरिहार्य रहेको बताउँदै खड्काले देशमा २४० बर्षीय निरंकुश शासन काँग्रेसकै नेतृत्वमा अन्त्य भएको उल्लेख गरे ।
विभिन्न समयमा मित्र राष्ट्रहरुबाट सहयोग प्राप्त गर्नेदेखि हरेक समयमा काँग्रेसले सफल नेतृत्व गरेको उल्लेख गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका खड्काले अब पनि देशको समृद्धिका लागि काँग्रेसको नेतृत्व अपरिहार्य रहेको औँल्याए ।
६ नं. प्रदेश स्थापनामा आफ्नो महत्वपूर्ण भूमिका रहेको भन्दै उनले विपक्षीहरुले यसलाइ उल्ट्याएर आफूमाथि आरोप लगाउन थालेको बताए । नेपालीहरुलाई लोकतान्त्रिक परिपाटीमा पु¥याउन काँग्रेसको बचनवद्धता पूरा भएको बताउँदै उनले हालसम्मका लोकतान्त्रिक उपलब्धीहरुमा काँग्रेसको मूख्य भूमिका रहेको उल्लेख गरेका छन् ।
खड्काले आफूले २०७० सालमा जितेर गएपछि त्यसबेला आफूले गरेका बाचाहरु क्रमसः पूरा गर्दै गएकोले आसन्न निर्वाचनमा पनि जनताले नेपाली काँग्रेसलाइ विश्वास गरेर जिताउने विश्वास आफूले लिएको बताए ।
सभामा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ (क) का उम्मेदवार टेकबहादुर सिंह, (ख) का उम्मेदवार झकबहादुर डाँगी, समानुपातिक उम्मेदवारहरु कृष्णा शाही, पार्वति गिरी लगायतले पनि विकासको निरन्तरताका लागि नेपाली काँग्रेसलाइ जिताउन मतदातासंग अपिल गरेका थिए ।
कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति खड्क पोखरेल, जिल्ला कार्य समितिका कोषाध्यक्ष अनन्त पौडेल, सदस्य रामबहादुर सिंह, पूर्व सांसद् लालबहादुर घले, नेपाल महिला संघका जानकी सिंह, गुर्भाकोट नगरपालिकाका नगर सभापति हस्त पुनलगायत विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार १०:२९