सुर्खेत, २७ साउन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा एक करोड बढी राजश्व संकलन गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्रशासनले गत आवमा एक करोड ७० हजार राजश्व संकलन गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार राहदानीबाट ९७ लाख ९५ हजार राजश्व उठेको छ । त्यसपछि न्यायिक दण्डबाट ४ लाख १२ हजार, कम्पनी रजिष्ट्रेशनबाट ३ लाख १८ हजार, अन्य विक्रीबाट १ लाख ५ हजार, हातहतियार इजाजतबाट ३७ हजार, सरकारी सम्पत्ति विक्रीबाट २३ हजार राजश्व संकलन भएको छ ।
प्रशासनले गत आवमा बैदेशिक राजगार क्षतिपूर्ति भनेर ९ लाख ७२ हजार, दैवी प्रकोप राहत भनेर २ लाख ४४ हजार, सवारी दुर्घटनाबाट पीडितलाई राहत भनेर ३३ लाख ७४ हजार, द्वन्द्वपीडितलाई राहत ११ करोड १५ लाख ६७ हजार रकम दिएको जनाएको छ ।
यस्तै प्रशासनले गत आवमा सम्पदान गरिएका विभिन्न कामहरु मध्ये नयाँ नागरिकता वितरण ७ हजार ३३०, वैबाहिक अंगीकृत नागरिकता ३ वटा, नागरिकताको प्रतिलिपि ४ हजार ६१५ वटा, राहदानी सिफारिस ४ हजार ३९४ मध्ये जिल्लाबाट १८ सय ५३ र द्रुत सेवाबाट २५ सय ४२ वटा तथा अन्य सिफारिसमा ३९ सय २२ वटा रहेका छन् ।
यसैगरी १३ वटा छड्के अनुगमन, २२ पटक बजार अनुगमन, ९५ वटा मुद्दा दर्तामध्ये ५८ वटा फछ्र्यौटलगायतका कामहरु भएको प्रजिअ पन्थले जनाएका छन् । २२ सय न नयाँ नागरिकता यसवीच साउन २१ देखि २४ गतेसम्म सुर्खेतका ७ वटा स्थानीय तहमा संचालन गरिएको घुम्ती शिविरबाट २२ सय नयाँ नागरिकता वितरण भएको छ । सवैभन्दा धेरै सिम्ता गाउँपालिकामा ६७० वटा नागरिकता वितरण भएको छ । गुर्भाकोटमा ५८१, लेकबेसीमा २१९, भेरीगंगामा ५३९ र बराहतालमा १९८ वटा नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार १८:०२