काठमाडौं, ३ साउन । एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिस ब्युटि क्विन नेपाल २०१७’को प्रि–जज राउण्ड (ट्यालेन्ट शो) सम्पन्न भएको छ । ‘मिस ब्युटि क्विन नेपाल २०१७’को लागि देशका विभिन्न भागबाट सहभागिता जनाउन आएका प्रतियोगिहरु राजधानीको सि.डब्लु. रेस्टुरेन्टमा बिभिन्न प्रतिभाका साथ ट्यालेन्ट सोमा उत्रिए । प्रतियोगिहरुले नाच, गीत, एक्टिङ, कविता, अभिव्यक्ति, लगायतका प्रतिभा प्रस्तुत् गरेका थिए ।
मिस ब्युटि क्विन नेपाल २०१७ को ग्रान्ड फिनाले भने आउँदो बिहीवार राष्ट्रिय नाचघर, जमलमा हुने आयोजकले जनाए । यसकासाथै आयोजकले प्रतियोगिहरुको अनलाइन भोटिङ पनि सुरु गरेको छ ।
नेपाली मोडेलिङ पेशालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धिहरुलाई अफिसियल मिडिया आर्टिस्ट नेपालको अफिसियल फेसबुक पेज Artist Nepal मा गई आफुलाई मन पर्ने प्रतियोगिलाई पब्लिक चईस अन्तर्गतको टाईटलको लागि भोट गर्न सकिने आयोजक कमल खतिवडाले बताएका छन् ।
‘मिस ब्युटि क्विन नेपाल २०१७’ सौन्दर्य प्रतियोगितामा ममता तमाङ, शर्मिला विश्वकर्मा, सुशिला श्रेष्ठ, म्यागी लामा, अन्जिला आले मगर, इन्दिरा श्रेष्ठ, अन्जना केसी, कुमारी रमिला राई, एल्जिना राई, हेमकला नाल्बो, निमा शेर्पा, मनिषा थापा, मनिषा पाण्डे, जेबिना लोहनी र श्रीजना खनालले प्रतिस्प्रधागर्दै छन् ।
उक्त प्रतियोगिताको विजेताले बिज्ञापन, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तर्वार्तामा समेत सहभागिता हुन पाउने छन् ।
मिस ब्युटि क्विन नेपाल २०१७ को लागि छानिएका प्रतियोगिहरुलाई मोडेल हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिएकिछिन् । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगिलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटो सेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोग जस्ता विषयमा दक्षप्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिएकी छिन् ।
प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार ०७:३०