लम्की, २४ वैशाख ।
लियो क्लब अफ कैलाली लम्कीको आयोजनामा असहाय ,अनाथ,गरिव , १० जना बालबालिकालाई बार्षिक छात्रवृत्ति कार्यक्रम शनिवार लम्कीमा रहेको होटेल मुनभुन भिल्लामा सम्पन्न भएको छ । लियो क्लब अफ लम्कीले २०७३ को देउसी भैलो र लियो कप २०७३ बाट संकलन भएको ३ लाख ३७ हजारको अक्षय कोष निर्माण गरी त्यसबाट आएको ब्याजले असहाय ,अनाथ,गरिव १० जना बालबालिका शहिद स्मृती माबि लम्कीका कक्षा ४ मा अध्ययनरत टिना नेपाली,खडक स्मृती माबि टीकापुरका कक्षा २ मा अध्ययनरत रचित थापा,बाल कल्याण माबि भुरुवामा कक्षा ५ मा अध्ययनरत सुरज सार्की,सरस्वती माबि कौवापुरका कक्षा ६ मा अध्ययनरत शोबित बि क, सरस्वती माबि कौवापुरका कक्षा ८ मा अध्ययनरत निर्मला शाही, दिपेन्द्र माबि थपालिपुरका कक्षा ७ मा अध्ययनरत सृष्टी सञ्ज्याल, राष्ट्रिय नमुना माबि मोतिपुरमा कक्षा १ मा अध्ययनरत,सन्ध्या चौधरी, र रेखा नेपाली ,कक्षा ७ मा अध्ययनरत अमित बि क, र जन सिर्जना प्राबि भल्काका देबिसरा धामीलाई कपि,कलम,स्कुल पोशाक,झोला, बालबालिकाका अभिभावकलाई हस्तान्तरण गरिएको र बार्षिक शुल्क सम्बन्धित बिद्यालयका प्रधानध्यापकलाई चेक हस्तान्तरण गरिएको छ ।
लियो क्लब अफ कैलाली लम्कीका अध्यक्ष लियो दिपेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिकाका कार्यकारी अधिकृत लाल बहादुर योगी प्रमुख अथिती रहनु भएको थियो भने बिशिष्ट अथितीमा लाइन्स खडानन्द सापकोटा,सुगरखाल स्रोत केन्द्रका स्रोत ब्याक्ति कलम खड्का, लाइन्स केशव थापा रहनु भएको थियो ।
लाइन्स क्लब अफ लम्कीका अध्यक्ष डा. छबिलाल जैशीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बलियाका सभापति रंग प्रसाद तिमिल्सेनाले लियो क्लब अफ लम्की कैलालीले गर्दै आएको काम प्रसंसा योग्य रहेकको भन्दै लम्की चुहा नगरपालिका मा रहेका असहाय ,अनाथ र सम्पूर्ण समाजले अभिभावकको रुपमा लियो क्लब अफ लम्कीलाई पाएको बताउनु भएको छ । यस्तै कार्यक्रममा लाइन्स क्लब अफ लम्की टाउनका अध्यक्ष लब बहादुर शाहीले यस क्षेत्रका यूवाले लियो क्लब अफ लम्की मार्फत जुन कार्य गरेको छ यो एक उदाहरणीय कार्य गरेको बताउनु भएको छ । लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईले गरिब बिपन्न अनाथ असहायको लागी लियो क्लबले गरेको कार्य नमुना काम भएको र लियो क्लबले सुरु गरेको वार्षिक छात्रवृत्रि मा आफ्नो मालिका ग्रुपले साथ दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । सुगरखाल स्रोत केन्द्रका स्रोत ब्यक्ति कलम बहादुर खड्काले यस क्षेत्रका राजनितिक दल नगरपालिकाले गर्न नसकेको काम लियो क्लबले बिभिन्न क्षेत्रबाट संकलन गरेर अक्षयकोष खडा गरी बार्षिक छात्रवृत्रि बितरण गर्नु आफैमा प्रसंसा योग्य रहेको बतायनु भयो । साथै लियो क्लबले सुरुवात गरेको यस कार्यको लागी आफ्नो ठाँउबाट सक्दाृे सहयो गर्ने बताउनु भएको छ ।
लम्कीचुहा नगरपालिकाका कार्यकारी अधिकृत लाल बहादुर योगीले लियो क्लब ले गरेको काम सरायिन रहेको भन्दै आगामी आर्थिक वर्षमा लम्कीचुहा नगरपालिले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । साथै लम्कीचुहा नगरपालिकाबाट बाल बालिकाको क्षेत्रमा बिनियोजन हुने केहि रकम लियो क्लबले स्थापना गरेको अक्षय कोषलाई सहयोग गर्न पहल गर्ने बताउनु भयो ।
लियो क्लब अफ लम्की कैलालीका लियो घनश्याम डाँगीले लियो क्लब ले बितरण गरेको बार्षिक छात्रवृत्ति सम्पूर्ण बालबालिकाको घर मै पुगेर छनोट गरिएको बताउनु भयो । जुन छात्रवृत्ति पाएका बालबालिकाको अवस्था नाजुक रहेको ले छनोट गरिएको र यसमा बास्तबिक पिडित बालबालिका छनोट भएको बताउनु भयो । साथै लियो क्लब अफ कैलाली लम्कीले सुरु गरेको यस कार्यमा सबैले सहयोग गरी साथ दिन पनि अनुरोध गर्नु भयो । कार्यक्रममा अक्षय कोष स्थापनामा सहयोग गरेको भन्दै महिला समाज सेवि सुशिला शाहीलाई सम्मान समेत गरिएको थियो ।
बाल कल्याण माबि भुरुवाका प्रधानध्यापक रुपलाल जैशी,महिला समाजसेबि सुशिला शाही,केशव थापा लगाएतले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन लियो क्लब अफ कैलाली लम्कीका महासचिव बिरेन्द्र शाहीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार १२:११