सुर्खेत, १९ फागुन । सुर्खेतमा जन्मिएर आधुनिक गायनको क्षेत्रमा एउटा फरक पहिचान बनाउन सफल गायिका स्मृति शाही बुधबार एक्कासी विद्यार्थीहरुको माझमा देखापरिन् । दैलेखमा चलिरहेको पर्यटन महोत्सवमा सहभागी भएर फर्केकी स्मृतिलाई विद्यालयले आमन्त्रण गरेपछि
उनी बुधवार एड्भान्स वेटर ईग्लिस मेडियम सेकेण्डरी विद्यालय पुगेकी हुन् । विद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै स्मृतिले भनिन्, ‘मलाई ६ कक्षा पढ्दा देखिनै गीत गाउने रहर थियो’ उनले भनिन्, ‘गायक बन्ने रहर थियो, तर यति ठूलो अवसर पाउँछु बन्ने सोचेकी त थिएन, तर पनि गायक बन्छु भन्ने आफुमा दृढ संकल्प चाहि थियो ।’
अलिक भावुक बन्दै उनले थपिन “छोरी पढेर सरकारी जागिरे बनोस भन्ने घरपरिवारको चाहना थियो, गीत संगीत प्रति त्यति चासो थिएन त्यसैलेपनि घरपरिवारबाट मलाई सहयोग थिएन, नजिक नजिक एसएलसी परीक्षा थियो म घरबाट भागेर छात्रवृतिको अन्र्तवार्तामा सामेल भए र छनौट पनि भए त्यसैगरी एसएलसी पनि पास भएँ, लगातार साधनामा तल्लिन भएँ, मेरा गुरुहरुले सधैं मेरा लागि भगवान सरह मलाई प्रेरणा साहस र उत्साह दिइरहनु भयो, म उहाँहरुले नै दिशानिर्देश गरेको मार्गमा बढीरहे र त्यसैको फलस्वरुप म आज तपाईहरुको सामु स्मृति भएर अहिले उभिरहेकोछु ।’
विद्यार्थीहरुलाई नैतिकवान र चरित्रवान बन्न प्रेरित गर्दै उनले भनिन्, ‘सदैव आफ्नो जीवनको लक्ष्य प्राप्तिको लागि दृढ संकल्पका साथ अघि बढ्नुहोस, संघर्ष गर्नुहोस सफलता आफ्नो अगाढी एकदिन आफै आउँछ । मैले अझ धेरै संघर्ष गर्न बाँकी नै छ । म संघर्ष गरिरहनेछु, मलाई आशा छ तर्पाइहरुपनि आफ्नो लक्ष्य प्राप्तिका लागि सधैं सघर्ष गरिहनुहुनेछ ।’
यसरी आफ्नो संघर्षशिल यात्राको अनुभुति पछी विद्यार्थीहरुको अनुरोधमा चलचित्र प्रदेशीको ‘विछोडको करौतीले काट्नु मनै काट्यो’ बोलको गीत प्रस्तुत गरिन त्यतिले मात्र नपुगेपछी ‘म मरेर के भो म जस्तो हजार पाइहाल्छौं’ बोलको गीत समेत प्रस्तुत गरेकी थिईन। आफ्नो पारिवारिक भेटघाटको क्रममा यतिवेला सुर्खेतमा छिन् ।
वुवा आमा सँग केही दिन विताएर पुनः काठमाडौं फर्किने योजनामा रहेकी स्मृतिलाई छिमेकमै रहेको एड्भान्स वेटर ईग्लिस मेडियम सेकेण्डरी स्कुलले आयोजनाको कार्यक्रममा सहभागी भएर विद्यार्थीलाई लक्षयमा पुग्न दृढ संकल्पका साथ अघिबढ्न अनुरोध गरेकीहुन् । स्मृतिले १हजार भन्दा बढी गीत रेकर्ड गरिसकेकीछन् ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक जीवन शाहीले विद्यालयको आमन्त्रणलाई स्वीकार गरेर विद्यार्थीहरुका माझ थप उत्साह र प्रेरणा प्रदान गरिदिएकोमा आभार समेत प्रकट गरेका थिए ।
प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहीबार १४:२६