सुर्खेत, १० माघ ।
मध्यपश्चिमका जिल्लाहरूमध्ये सबैभन्दा बढी कुष्ठरोगका बिरामीहरूको संख्या सुर्खेतमा देखा परेको छन् । कुष्ठरोगका बिरामीको संख्या अरु जिल्ला भन्दा सुर्खेतमा धेरै देखा परे पनि गत वर्षको तुलनामा भन्दा यो वर्षमा घट्दै गएको आईएनएफ सुर्खेतले जनाएको छ ।
आर्थिक वर्ष २०७०/०७१ मा नौ जना, २०७१/०७२ मा बढेर २४ जना, २०७२/०७३ मा २७ जना, र चालु आर्थिक वर्षको साढे ५ महिनामा घटेर नौ जनामा कुष्ठरोगको समस्या देखिएको आईएनएफ सुर्खेतले जानकारी दिएको छ । गतवर्ष भन्दा यस वर्षमा कुष्ठरोगको समस्या घटेर पछिल्लो साढे पाँच महिनामा नौ जनामा मात्रै यस्तो समस्या देखिएको हुनाले कुष्ठरोगका बिरामी घट्ने सम्भावना देखिएको आईएनएफ सुर्खेतका स्वास्थ्य सेवा विभाग क्लिनिक इन्चार्ज मंगल थारुले जानकारी दिएका छन् ।
उनका अनुसार सुर्खेतमा नौ जना, दैलेखमा तीन जना, कालिकोटमा दुई जना, जाजरकोटमा तीन जना, रुकुममा एक जना, मुगुमा एक जनालाई कुष्ठरोगको समस्या देखापरेको छ । मध्यपश्चिमका अन्य जिल्लाहरु भन्दा सुर्खेत जिल्लामा कुष्ठरोगको समस्या धेरै देखा परेको उनको भनाइ छ ।
आईएनएफ सुर्खेतको पुनस्र्थापना केन्द्रमा १७ वेड रहेको र कुष्ठरोगीका लागि निःशुल्क उपचार गरिने उनले जानकारी दिए । साथै उनले कुष्ठरोगलाई हेलचेक्र्याइ नगर्न सुझाव दिएका छन् ।
कुष्ठरोगबारे यसवर्ष विद्यालयस्तरमा पनि चनचेतनामूलक कार्यक्रम गरेको र पाँच सय भन्दा बढी विद्यार्थीहरुलाई कुष्ठरोग र यसको उपचारबारे विद्यालय तहमा जानकारी दिइएको छ ।
कुष्ठरोग सर्ने र नसर्ने दुई प्रकारको हुने र यो रोग ६ महिना र १२ महिनासम्म नियमित औषधि सेवन गर्दा निको हुने गर्दछ ।
प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार ०७:५९