भोजपुर, ८ माघ । भोजपुर सदरमुकामका अग्निपीडितलाई भोजपुर–विराटनगर सेवा समाज समितिले राहत रकम हस्तान्तरण गरेको छ ।
गत मङ्सिर ५ गतेको आगलागी पीडित आठ घरपरिवारलाई समाजबाट सङ्कलन भएको रु ९७ हजार २७६ को बंैक भौचर आज हस्तान्तरण गरिएको समाजका सदस्य मणि प्रधानले जानकारी दिए ।
सोही क्रममा आगलागी पीडित गणेश श्रेष्ठले हालसम्म प्राप्त राहत रकमले पुनःनिर्माणमा प्रेरणा मिलेको बताए ।
रासस
प्रकाशित मिति: ८ माघ २०७३, शनिबार ११:४२