काठमाडौं २२ पुस । प्रथम आइकेकेएफ क्योकुशिन कराते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ६० केजी तौल समुहको क्वाटरफाइनल समिकरण पुरा भएको छ । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा शुक्रबारदेखी शुरु भएको प्रतियोगितामा काठमाडौँका भिम बहादुर थापा मगरले काभ्रेका प्रविन दनुवारलाई नकआउटका आधारमा हराउदै क्वाटरफाइनलमा प्रवेश गरे ।
प्रतियोगिताको ६० केजी तौलसमुहकै अन्य प्रतिस्पर्धामा सफलता हात पार्दै कास्कीका गणेश अधिकारी,काभ्रेका राज राई,काठमाडौँका रोहित श्रेष्ठ,पोखराका अनिष थोकर,सार्लाहीका विश्व लामा,सर्लाहीकै राम कुमार सुनुवार र ललितपुरका एक्का तामाङ क्वाटरफाइनलमा प्रवेश गरे ।
प्री–क्वाटरफाइनलमा अधिकारीले सर्लाहीका सुवीक श्रेष्ठलाई, काभे्रका राइले वाजुराका मुकेन्द्र जंग शाहीलाई,काठमाडौँका श्रेष्ठले काठमाडौँका अनिल परियारलाई र सर्लाहीका लामाले काभे्रका राजमान लोचनलाई हराउदै अन्तिम आठमा स्थान बनाए ।
त्यस्तै सर्लाहीका राम कुमारले ललितपुरका युवराज जिम्वा र ललितपुरका एक्काले काभे्रका प्रकास श्रेष्ठलाई हराएका थिए । उद्घाटनका अवसरमा संघका प्रमुख प्रशिक्षक समेत रहेका प्रेम नाथ श्रेष्ठ लगायतको टोलीले डेमोन्स्टे«सन प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द र संघका अध्यक्ष मिलन गुरुङले पानसमा दिप प्रज्वलित गरी उद्घाटन गरे ।

नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघको आयोजनामा सर्बाधिक नगद राशीको प्रतियोगिता दुई दिन सम्म चल्नेछ ।
प्रतियोगितामा २२ जिल्लाका १सय ७० खेलाडीले ६ तौलसमुहमा प्रतिस्पर्धा गरेका छन् । फुलकन्ट्याक्ट करातेमा पहिलो पटक ब्यक्तिगत तौल समुहमा सर्बाधिक नगद रासीको पुरस्कार ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरुषतर्फ ३० केजीमुनि, ३५ केजीमुनि, ५० केजीमुनि, ६०केजीमुनि र ६० केजीभन्दामाथी तथा महिलामा खुल्लातर्फ प्रतिस्पर्धा हुनेछन् । प्रत्येक तौल समुहका उत्कृष्ट पाँचलाई नगद पुरस्कार प्रदान गरिनेछ । पहिलोदेखि पाचौँ हुनेलाई क्रमश, २० हजार, १० हजार,५ हजार,२ हजार ५ सय र एक हजार दुई सय प्रदान गरिने महासचिव श्रेष्ठले जनाए ।
प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार १८:२०