राप्रपा नेपाल र राप्रपाको एकीकरणपछि मिडिया नेपाल कास्कीको शनिबार बसेको बैठकले संस्थाको उपाध्यक्षमा सुरेश शिल्पकार, सहउपाध्यक्षमा विष्णु गौतम, सचिवमा रवि गुरुङ, सहसचिवमा विष्णु गुरुङ र कोषाध्यक्षमा नरकाजी गुरुङलाई चयन गरेको मिडिया नेपाल कास्कीका निवर्तमान अध्यक्ष तथा पश्चिमाञ्चल संयोजक सूर्य बास्तोलाले बताए ।
त्यस्तै संस्थाको सदस्यमा रञ्जना सेन पौडेल, गणेश तिमिल्सिना, अमृत भट्टराई र मङ्गल शाहीलाई चयन गरिएको छ ।
खेलकुद पत्रकार मञ्चलाई रु ५० हजार सहयोग गर्ने
गैर आवासीय नेपाली सङ्घ युकेका अध्यक्ष मुछेत्र गुरुङले नेपाल खेलकुद पत्रकार मञ्च कास्कीलाई नगद रु ५० हजार सहयोग गर्ने बचन दिएका छन् ।
खेलकुद पत्रकार मञ्च, कास्कीले आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्डका लागि गुरुङले मञ्चलाई सहयोग गर्ने शनिबार जानकारी दिएका हुन् ।
मञ्चका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न बैठकले पूर्वाञ्चलमा पुस ८ देखि १५ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुदका लागि मञ्चकातर्फबाट सदस्यद्वय नारायण शाही र सुरेनकुमार सुशीललाई पठाउने निर्णय गरेको छ ।
रासस