बनेपा, १६ मंसिर। । दुवै पक्षको स्वार्थ मिलेपछि विवाद समाधान हुँदोरहेछ भन्ने उदाहरण काभ्रेपलाञ्चोकमा देखिएको छ ।
भूकम्प प्रभावित जिल्लामा सिर्जित विभिन्न विवाद समाधानका लागि भएका प्रयासबारे जानकारी दिन आज बनेपामा आयोजना भएको अभ्यास आदानप्रदान कार्यक्रममा सिपाली चिलाउने गाविसका स्थानीय मेलमिलापकर्ता विकास लामाले १५ वर्षअघिको जग्गासम्बन्धी विवाद पनि समाधान भएको बताए ।
घरेलु हिंसा, सिँचाइ, खानेपानी, कुटपिट, पुनःनिर्माण, सीमा विवाद, झैझगडालगायत देवयानी प्रकृतिका मुद्दा मिलाउने विषय सामुदायिक मेलमिलापको कार्यक्षेत्रभित्र पर्छ । मेलमिलाप भएको मुद्दामध्ये सबैभन्दा बढी घरेलु हिंसासम्बन्धी रहेका छन् ।
जिल्लामा अहिलेसम्म विभिन्न प्रकृतिका ५७६ मुद्दा समाधान भएको र ११३ प्रक्रियामा रहेको सामुदायिक मेलमिलापका जिल्ला संयोजक सरिता सापकोटाले जानकारी दिइन् ।
उनले विवाद समाधानका लागि भाषिक चुनौती, भौगोलिक विकटता, समन्वयको अभाव भएको जानकारी दिँदै काभ्रेपलाञ्चोकबाहेक रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र दोलखामा पनि सामुदायिक मेलमिलापका माध्यमबाट विवाद समाधानको कार्यक्रम सञ्चालन भएको जानकारी दिइन् । रासस
प्रकाशित मिति: १६ मंसिर २०७३, बिहीबार १५:१७