सुर्खेत, २४ कात्तिक । आगामी मंसिर अन्त्यतिर वीरेन्द्रनगरमा कर्णाली एक्सपो २०७३ अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा मंसिर २३ देखि पुस ३ गते सम्म उक्त व्यापार मेला गर्न लागिएको हो ।
समग्र कर्णाली प्रदेशको आर्थिक उन्नतिका लागि लगानीका सम्भावना तथा अवसरहरुको पहिचान गरी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भिर्याउने उद्देश्यले सुर्खेत उद्योग वाणिज्य संघले सुर्खेत लगानी वर्ष २०७३ को समेत उद्घाटन गरिसकेको छ ।
सुर्खेत लगानी वर्ष २०७३ अन्तर्गत गरिने विभिन्न गतिविधिहरुमध्ये कर्णाली एक्सपो २०७३ अन्तर्राष्टिय व्यापार मेला महत्वपूर्ण कार्यक्रम रहेको सुर्खेत उद्योग बाणिज्य संघद्वारा बुधबार जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघले स्थानीय उत्पादन, व्यापार व्यवसाय, कला संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि यसअघि क्षेत्रीय र राष्टियस्तरका तीन वटा महोत्सवहरु सफलतापूर्वक आयोजना गरिसकेको सन्दर्भमा यस वर्षको महोत्सव विगतका महोत्सवहरुमा भन्दा धेरै आयामबाट नयाँ र पृथक हुने समेत दावी गरेकाे छ । महोत्सवले सुर्खेत र आसपासका जिल्लाको मात्र नभई अपार सम्भावना र अवसर बोकेको सिंगो कर्णालीको प्राकृतिक सौन्दर्य र सम्पदाको प्रवद्र्धन विश्वमाझ गर्ने जनाएकाे छ ।
महोत्सवमा मध्यपश्चिमको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा रहेको मुगुका रारा ताल तथा छिमेकी जिल्ला दैलेखका धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकनका लागि सडक तथा हवाई मार्ग (हेलिकोप्टर) समेतको प्याकेज नौलो आकर्षणका रुपमा रहने सुर्खेत उद्याेग बाणिज्य संघले जनाएकाे छ ।
यसैगरी स्थानीय घरेलु उत्पादन, स्थानीय कला संस्कृति, पहिरन र परिकारपनि महोत्सवको मुख्य आकर्षणका रुपमा रहने छन् । नेपाल तथा भारतका सीमावर्ती क्षेत्रकासमेत गरी करिब ३ लाख दर्शकहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको संघले जनाएकाे छ ।
छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशहरुका उत्पादनहरुको छुट्टै ३० वटा अन्तर्राष्टिय स्टलहरुका साथै सुर्खेतमा लगानी वर्ष जारी रहेको सन्दर्भमा उल्लेखित देशहरुका उद्योगी, व्यापारी र व्यवसायीहरुसंग लगानीका सम्भावनाहरुबारे अन्तर्राष्टियस्तरको सेमिनारको आयोजना महोत्सव अवधिमा गरिने याेजना रहेकाे संघले जनाएकाे छ ।
पहिलाे पटक अायाेजना गर्न लागिएकाे बहुआयामिक महोत्सवलाई भव्य रुपमा सफल बनाउन मुख्य आयोजक सुर्खेत उद्योग वाणिज्य संघ, सह आयोजक जिल्ला विकास समिति, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौं र प्रवद्र्धकका रुपमा नेपाल टुरिजम बोर्ड रहेको समेत संघले जनाएकाे छ ।
उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने हेतुले आयोजना गर्न लागिएको यस मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त पहाडी जिल्लाका खानीखनिज, कृषि जन्य र अन्य उत्पादनहरु र कृषिजन्य उत्पादनहरु, हस्तकला एवं घरेलु तथा साना उद्योगहरुबाट उत्पादित सामाग्रीहरुको बजारको प्रबद्र्धन र निर्यातको खोजीका लागि सघाऊ पुगोस् भन्ने अभिप्रायले मध्यपश्चिमाञ्चल जिल्लाहरुका उद्योग वाणिज्य संघहरुलाई १० वटा स्टल निःशुल्क उपलब्ध गराउने हाम्रो कार्यक्रम रहेको संघले जनाएकाे छ ।
मुलुकको औद्योगिक उत्पादनहरुको बजार पहिचान, सम्भाव्य लगानी क्षेत्रहरु, कृषि र खनिज जन्य वस्तुको औद्योगिकरण, जलश्रोत र पर्यटन क्षेत्रमा सम्भाव्य लगानी, औद्योगिकरणका लागि नयाँ प्रविधिबारे जानकारी गराई मुलुकको समग्र विकासमा यस मेलाका माध्यमबाट टेवा पुर्याउनेछ भन्ने विश्वास लिएकाे संघले जनाएकाे छ।
उपभोक्ता र उत्पादकहरुलाई औद्योगिक नगरी सुर्खेतमा एकै ठाउँमा भेला गराई उद्योगी/व्यवसायीहरु बीच औद्योगिक र उपभोग्य वस्तुहरु, लगानीका नयाँ प्रविधि सम्बन्धमा आपसी जानकारीको आदान प्रदान गर्ने वातावरण यस मेलाले सृजना गर्नुकासाथै, महोत्सवमा पर्यटन सम्वन्धि अन्तरक्रिया गर्नुका साथै देशको विभिन्न संस्कृति तथा अन्य महत्वपूर्ण कुराहरु झल्कने गरी फोटो प्रदर्शन गर्ने कार्यक्रमपनि रहेको संघले जनाएकाे छ ।
प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार १६:०२