बागलुङ, ५ कात्तिक। स्थानीय एक विद्यालय पुनःनिर्माणका लागि दाताको सहयोगबाट झण्डै रु तीन करोड सङकलन भएकोे छ ।
विसं १९९७ मा स्थापित विद्यामन्दिर माध्यमिक विद्यालयको २५ वटा कोठा पुनःनिर्माणका लागि सुरु भएको धान्याचल महायज्ञको पहिलो दिनमैरु दुई करोड ७५ लाख सङ्कलन भएको हो ।
विद्यालयका पूर्व विद्यार्थी, शुभेच्छुकलगायत गरी २२ जनाबाट रु १२ लाख ५० हजारका दरले सहयोग प्राप्त भएको महायज्ञका महासचिव जगन्नाथ आचार्यले जानकारी दिए । आगामी १० गतेसम्म हुने सो महायज्ञमा करिव रु १० करोड सङ्कलन हुने अपेक्षा विद्यालयको छ । इतिहास बोकेको विद्यालयको चौतर्फी विकासका लागि आफूहरुले सहयोग गरेको दाताहरुले प्रतिक्रिया दिएका छन् ।
रु १२ लाख ५० हजारभन्दा माथिको सहयोग गर्ने दाताको नामबाट कोठाको नामाकरण गर्ने व्यवस्था गरिएको छ । यसरी, सिङ्गै कोठा निर्माणका लागि सहयोग गर्नेमा महायज्ञका अध्यक्ष एवम् बागलुङ निवासी लालचन्द्र राजभण्डारी, बागलुङ घर भई हाल अमेरिका रहेका जयप्रकाश श्रेष्ठ छन् ।
यसैगरी, उक्त विद्यालयका शिक्षक÷कर्मचारी, विद्यालयका संस्थापक ओमकारप्रसाद गौचन, हाल अमेरिका रहेका हिरालाल गौतम, बागलुङ बजार निवासी रामचन्द्र राजभण्डारी उनका भाइहरु सुरेश र प्रकाश, व्यवसायी पुष्पमान श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, ग्लोबल बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, दिलविकास श्रेष्ठ भरत श्रेष्ठ, सुकुन्द प्रधान, दीपक प्रधान, सत्रुध्न श्रेष्ठ, सहदेव राजभण्डारी, वीरेन्द्रनारायण श्रेष्ठ र शैलेन्द्रप्रसाद श्रेष्ठको परिवार स्व भक्तिलाल श्रेष्ठका परिवारले पनि सयोग गरेका छन् ।
विद्यालयका अनुसार धान्याचल सुरु नहुँदै पनि सहयोग प्राप्त भएको थियो । गत वर्षको भूकम्पले क्षति पु¥याएपछि विद्यालयको २५ कोठे सुविधा सम्पन्न भवन पुनःनिर्माण गर्न लागिएको हो ।
जिल्ला शिक्षा कार्यालयबाट पनि यसै वर्ष आठकोठे पक्की भवन निर्माणका लागि रु ६० लाख विनियोजन भएको विद्यालयले जनाएको छ । रासस