अस्ट्रेलिया, १ कात्तिक । अस्ट्रेलियाको राजधानी के हो भन्दा पहिले पहिले हामी पनि सिड्नी भन्थ्यौ । तर कालान्तरमा थाहा भयो क्यानबेरा भनेर । सिड्नी अस्ट्रेलियाको ब्यस्तको अनि चल्तीको सहर पनि हो । संभावना खोज्न र ब्यवसाय रोज्न मानिस प्राय यही सहर रोज्ने गर्छन् ।
नेपाली समुदायको उपस्थिति बाक्लो बन्दैगर्दा यहाँ नेपाली पत्रकारिताले पनि बिस्तारै फट्को मार्न थालेको छ । सिड्नीमा करिब चालिस हजार नेपाली र चार सय नेपालीका रेस्टुरेन्ट होलान । एक सय एजुकेशन कन्सलट्यान्सी र पचास अन्य ब्यवसायिक घराना बिच पत्रपत्रिकाले पनि मौलाउने मौका पाएका हुन ।
यहाँ पत्रिका बेचिदैन, निशुल्क घर र पसलमा पठाइने गरिन्छ । बिज्ञापननै पत्रिकाको आयआर्जनको मुख्य श्रोत हो । यहाँ चलिरहेका पत्रिका अर्ध ब्यवसायका रुपमा सञ्चालित छन । तिनवटा मासिक र एउटा अर्ध मासिक पत्रिका नियमित भइरहेको सिड्नीको बजारमा युवा जमातलाई लक्षित गरेर नयाँ मासिक पत्रिका नेपाल रिर्पोट्स बजारमा आएको छ ।
डिला खरेल प्रकाशक र बिज्ञान कंडेल सम्पादक रहेको नेपाल रिर्पोट्स मासिक पत्रिकाको लोकार्पण कार्यक्रममा उपस्थित पाहुनाहरुले एकैसाथ पत्रिकाको नयाँ अंक देखाएर गरेका थिए ।
पत्रिकाको लोकार्पण कार्यक्रममा बोल्दै प्रकाशक डिला खरेलले युवा पुस्तालाई लक्षित गरेर पत्रिका प्रकाशनमा ल्याइएको बताए । डिलाले युवा जमात सम्मिलित यो पत्रिका सकरात्मक सोचको द्योतक हुने कुरा सुनाए ।
कार्यक्रममा साउथ एशिया डटकमका प्रधान सम्पादक राम खत्रीले सम्पादकीय टोलीको जोश र जागंरसँगै पत्रिकाले चाडैनै बजारमा पकड कायम गर्ने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा एनआरएनका कार्यबाहक अध्यक्ष दिनेश पोखरेल लगायतले पत्रीकाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । प्रवासमा नेपाली समुदाय बढ्दैजांदा सूचना र सञ्चारको क्षेत्रमा समेत उल्लेख्य सहभागिता बढ्नु खुसीको बिषय रहेको सहभागि डा घनश्याम चापागाईले बताए । उनले भने–समुदायका खबरहरु मुखारीत हुनु र खराबीहरु माथि औला उठनु हाम्रा लागि सकरात्मक सन्देशहरु हुन् ।
यसअघि नेपाल रिर्पोटस डटकमडटएयु चालाउदै आएको टिमले नयाँ प्रकाशकसहित पत्रिकाको पनि थालनी गरेको हो । पत्रिकामा नेपाली र अग्रेजी दुबै भाषाको प्रयोग हुने छ ।
प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार ०७:४७