जिल्लाका पाँच सय सिंजा क्षेत्रका पाल्तु कुकुरमा रेबिजको शङ्कास्पद लक्षण देखिएपछि कार्यालयले तत्काल ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन सूचना प्रवाह गरेको थियो । सोही अनुसार २०७ कुकुरपालकले कुकरलाई खोप लगाएको कार्यालयका सूचना अधिकारी गोविन्दबहादुर महतले जानकारी दिए । “हामीसँग पाँच सय एन्टी रेबिज भ्याक्सिन थियो, निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेका थियौँ तर पनि भने अनुसार सेवा लिन नआउँदा २९३ सुई बाँकी नै रह्यो,” महतले भने ।
घरेलु कुकुरमा लाग्ने रेबिजका कारण भोलिका दिनमा समस्या नआओस् भन्ने सावधानी अपनाएर खोप लगाइएको उहाँको भनाइ छ । उहाँका अनुसार २६ गाविसमध्ये ११ गाविसका बासिन्दाले कुकुरलाई रेबिजविरुद्धको खोप लगाएका थिए ।
वर्षको एक पटक कुकुरलाई रेबिजविरुद्धको सुई लगाउनुपर्ने वार्षिक कार्यक्रम र आवश्यकतानुसार अन्य बेलामा लगाइने कार्यालयले जनाएको छ ।
रासस