अष्ट्रेलिया, ८ असोज । नेपली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए)ले आफ्नो भाबी कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा शुभकामना आदनप्रदान गर्नका लागि ८ अक्टोवर २०१६ शनिबार, फूलपातिका दिन सिड्नीमा दूई संस्था नेपाली जनसम्पर्क समिति (एनपिसीसीए) र एनएडिएफ बिच मैत्रिपूर्ण फूटवल आयोजना गर्ने तयारी गरेको जानकारी समितिका अध्यक्ष कृष्ण गिरीले दिएका छन् ।
गिरीका अनुसार उक्त कार्यक्रम सफल पार्न नन्द गुरुङको संयोजकत्वमा रहेको टिमले कार्य सुरु गरेको छ भने २७ नोभेम्बर सिड्नीमा नेपाल र अष्ट्रेलियाका श्रृश्ष नेताहरु बिच बृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
संस्थालाई निरन्तर प्रक्रियामा अघि बढाउँदै सबैलाई समेटेर संस्थाको हितमा कार्य गर्न हामीहरु अग्रसर भएका छौं, अध्यक्ष गिरीले बताएका छन् । २१ सेप्टेम्बर सिड्नीमा बसेको केन्द्रिय समितिको बैठकले कार्यसमितिमा केही सदस्यहरु समेत थपेको छ ।
संगठनलाई लामो समयदेखि सहयोग गर्दै आएकाहरुलाई आधार बनाई समितिले पुरुशोत्तम मिश्र, कुमार गिरी, भिम खरेल, रोहित खड्का, हिरा कंडेल र शिलु लिम्बू लाई सदस्यमा मनोनित गरेको हो ।
त्यसैगरी संस्थाका दरिलो संरचना तयार पार्न ११ ओटा बिभागको समेत संरचना तयार पारेको छ । साधारण सदस्यता बितरण समितिको केन्द्रिय संयोजकमा संरक्षक प्रेम सापकोटा रहने गरी प्रत्येक स्टेटबाट एक एक संयोजक छान्ने निर्णय गरेको छ ।
त्यसैगरी आईटीमा सुदिप कार्की संयोजक र तिर्थ तिमिल्सीना उपसंयोजक चयन गरीएको छ भने अन्य बिभागहरु गठन प्रक्रियामा गएको बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङले बताएका छन् ।
जनसम्पर्क समितिको बैठकले सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा गणेश केसी, हेमन्त काफ्ले, डिल्ली ढकाल, बालचन्द्र भट्टराई, नारयण काफ्ले, विवेक थापा, निरज श्रेष्ठ, अभिमन्यू केसी, दीनेश जोशी, दुर्गा आचार्य, प्रतिज्ञा अधिकारी रहेका छन् ।
बैठकमा हालसम्म भएको आर्थिक गतिबिधि सार्वजनिक गर्नुका साथै अन्य गतिबिधिमा छलफल भएको कोषाध्यक्ष रामजी बस्नेतले बताएका छन् । बैठकमा उपाध्यक्ष मधुकर गुरुङ, महामन्त्रि किरण बराल, सहमहामन्त्री सुदिप मुडवारी लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार १८:३६