काठमाडौँ, २७ भदौ । मुलुकका करिव चार लाख पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेसनवाट गठित राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक पेशागत भवन लैनचौरमा आइतबार सम्पन्न भएको छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकले सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आ व २०७३र०७४ को लागि बार्षिक कार्ययोजना पारित गरेको छ ।
त्यसैगरी वैठकले महासंघको विधान अनुसार प्रदेशका संयोजकहरु, विभिन्न ९ वटा विभागका प्रमुख, उप प्रमुख, तथा सचिवहरु, महिला राष्ट्रिय समिति र युवा राष्ट्रिय समितिका प्रमुख, उप प्रमुख तथा सचिवहरु, सल्लाहकार समिति र नीति तथा अनुसनधान आयोगका प्रमुख तथा सदस्यहरुको मनोनयन गरेको छ ।
वैठकले राष्ट्रिय समितिमा रिक्त रहेका ५ महिला सदस्य, एक जना आदिवासी जनजाती महिला सदस्य र अन्य चार जना राष्ट्रिय समितिका सदस्यहरु सहित १० जना सदस्यहरुको मनोनयनका साथै नियमावली निर्माण उपसमिति समेत गठन गरिएको पेशागत महासंघ नेपालले जनाएको छ ।
पेशागत महासंघ नेपालका अनुसार प्रदेश नम्बर १ को प्रमुखमा शंकर सुवेदी र उपप्रमुखमा राजकुमार गिरी, प्रदेश नम्बर २ को प्रमुखमा योगेन्द्र यादव र उपप्रमुखमा सन्तोष कुमार सिंह, प्रदेश नम्बर ३ को प्रमुखमा कृष्णमान श्रेष्ठ र उपप्रमुखमा राम प्रसाद रिमाल रहेका छन् ।
त्यसैगरी प्रदेश नम्बर ४ को प्रमुखमा दिपक राज सुवेदी, प्रदेश नम्बर ५ को प्रमुखमा दिपक सुवेदी, प्रदेश नम्बर ६ को प्रमुखमा लालवहादुर पाख्रिन र प्रदेश नम्बर ७ को प्रमुखमा पूर्णा जोशी रहेका छन् ।
त्यस्तै विदेश विभागमा लालबहादुर पाख्रिन, प्रचार विभागमा गम्भीरलाल श्रेष्ठ, प्रशिक्षण विभागमा दिपक सुबेदी, श्रम सम्बन्ध तथा कानुन विभागमा शंकर सुवेदी, संगठन विभागमा बिष्णु लामिछान, स्वरोजगार बिभागमा शंकर सुवेदी, आर्थिक विभागमा श्याम प्रसाद पाण्डे र सास्कृतिक विभागमा किशोर कुमार नेपाली रहेको पेशागत महासंघ नेपालका महासचिव विष्णु लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार १०:४७