
१. रुकुम जिल्लाको एैतिहासिक पक्ष तथा नामाकरण
रुकुम जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलको सबैभन्दा उत्तरमा अवस्थित रमणीय पहाडी जिल्ला हो । समुन्द्र सतहबाट ७५४ मिटर देखि ५,८४१ मिटर उचाइ सम्मका बेसी, फाँट, पहाड र हिमाली भाग मिलेर बनेको रुकुम जिल्ला । यस जिल्लाको पूर्वमा बागलुङ र म्याग्दी जिल्ला, पश्चिममा जाजरकोट जिल्ला, दक्षिणमा सल्यान र रोल्पा जिल्ला र उत्तरमा डोल्पा जिल्ला पर्दछन् । परिवर्तित प्रशासनिक संरचना अन्तर्गत यो जिल्ला दुई वटा प्रदेशमा बाँडिएको छ । सङ्घीय संरचनाको पूर्ण खाका नआइ सकेकाले जिल्लाको के कति भाग प्रदेश कुन प्रदेशमा प¥यो भन्ने प्रष्ट हुनसकेको छैन तर पनि सामान्य तय जिल्लाको पूर्व तिरको आधि भाग प्रदेश नम्बर ५ र पश्चिमतर्फको आधि भाग प्रदेश नम्बर ६ अन्तर्गत पर्न गएको देखिन्छ । स्थानीयको भनाइलाई मान्य हो भने रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोटको नामाकरण भएको र रुक्मीणी देवी शब्दको अप्रभंश भई यस जिल्लाको नाम रुकुम नाम रहन गएको मानिन्छ ।
“५२ पोखरी ५३ टाकुरी” को जिल्लाका रूपमा परिचित रुकुम जिल्लाको ऐतिहासिक पृष्ठभूमी हेर्दा रहेको वर्तमानको रुकुम जिल्ला मध्यकालीन समयमा रुकुमकोट, मुसिकोट, बाँफिकोट, बाफिकोट, पालाकोट, गोतामकोट र जहारीकोट नामक विभिन्न वाइसे राज्यहरूमा विभाजित थियो । ऐतिहासिक तथ्यहरूका अनुसार पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानलाई बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा अघि बढाउने क्रममा बाईसे राज्यहरूः रुकुमकोट, पालाकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाफिकोट कोटजहारी नेपालमा गाभिएको पाइन्छ । वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लाको विभाजनसंगै रुकुम जिल्लाले एक अलग जिल्लाको रूपमो मान्यता पाएको देखिन्छ । यस रुकुम जिल्लामा विविध, जातजाति, भाषाभाषी, संस्कृति भएका समुदायहरुको बस्ति रहेको छ । यहाँ पौराणिक लोक संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज विद्यमान छन् । जिल्लाको पुरानो सदरमुकाम रुकुमकोटमा थियो । रुकुमकोटमा अग्ला अग्ला पर्वतको खोच भित्र पोखरी आकारमा साना साना खाल्टाखुल्टी र थुम्का टाकुरा भएकाले यस स्थानलाई ५२ पोखरी ५३ टाकुरी पनि भनिन्छ । वि.स. २०३० सालमा रुकुमकोटवाट जिल्लाको सदरमुकाम जुम्ली खलंगा मुसिकोटमा सरियो आजभोलि यसलाई खलंगा मुसिकोट भन्ने गरिन्छ ।
२. संक्षेपमा रुकुम जिल्ला

३. रुकुम जिल्लाका नगरपालिका तथा गाविसहरू

४. रुकुम जिल्लाका प्रमुख जलभण्डारहरु

५. रुकुम जिल्लाका प्रमुख वन्यजन्तु तथा चराचुरुङ्गी/खनिज पदार्थ /वनस्पति र जडिबुटिहरू

६. रुकुम जिल्लाका प्रमुख हिमाल
क) सिस्ने हिमाल (कांजीरावा हिमश्रृखला) ५,८४१मी.,
ख) पुथा हिमाल ।
७. रुकुम जिल्लाका प्रमुख पर्यटकिय स्थलहरू
५२ पोखरी र ५३ टाकुरीको नामले चिनिने रुकुम जिल्ला पर्यटकीय दृष्टिकोणले बिधिततायुक्त संभावना बोकेका दर्जनौ तालतलैया, डाँडापाखा, हिमाल र छहराहरु रहेका छन । यस जिल्लामा रहेका केहि प्रमुख पर्यटकिय स्थलहरु यसप्रकार रहेका छन ।
क) स्यार्पुताल ः
राप्ती अञ्चलकै सबैभन्दा ठूलो ताल हो स्यार्पुताल, यो ताल २.६ वर्ग किमी क्षेत्रफलमा फैलिएको स्यार्पुताल मौसम अनुसार रंग फेर्ने भएकोले यसलाई धेरैले कान्छो रारा भन्ने गरेका छन् । यो ताल सदरमुकाम खलंगाबाट पॉच कोष उतरतर्पm पर्दछ र ४ घण्टा पैदल मार्ग हिडेपछि पुग्न सकिन्छ भने सडक यात्राबाट ४० मिनेटको समयमा पुग्न सकिन्छ ।
ख) कमल ताल
रुकुमको सदरमुकाम खलंगाबाट पूर्वी क्षेत्रमा पर्ने कमलताल पुग्नका लागि ३ घण्टा गाडीको यात्रा गर्नुपर्छ र पैदल हिड्न मन लागे ५ घण्टामा सानीभेरीको तिरतिरै ताल रहेको स्थानमा पुग्न सकिन्छ । सोलाबाङ्ग बालुवा सडक भएर पुग्न सकिने उक्त तालमा आर्कषक मानिने कमलको डाँठ समेत पाईने गरेको छ । यस तालमा घुम्नको लागि कमलको फूल फुल्ने बेला अर्थात भाद्र असोजमा उपयुक्त हुन्छ ।
ग) सिस्ने हिमाल
रुकुम जिल्लाको अर्को महत्वपूर्ण पर्यटकिय स्थल हो सिस्ने हिमाल । रुकुमको शिर मानिने सिस्ने हिमाल आफ्नो मन्द मुस्कान सहित पर्यटकलाई स्वागत गरिरहेको हुनेछ । सदरमुकाम देखि केहि माथी डाँडाँमा पुगेपछि नै सिस्ने हिमालयको शिर देख्न सकिन्छ तर यसको आधार शिविर पुग्न भने करिब तीनचार दिनको समय छुट्याउनै पर्छ । ५,८४१ मिटर उचाई रहेको यो हिमाल मध्यपश्चिमकै सबै भन्दा अग्लो हिमाल मानिएको छ ।
घ) डिग्रे शाइकुमारी मन्दिर
धार्मिक र सांस्कृतिक रुपले रुकुम सदरमुकाम खलंगामा रहेको डिग्रे शाइकुमारी मन्दिर पनि यस जिल्लाको एक प्रख्यात पर्यटकिय स्थलहो । प्राचिन कालदेखिनै यस प्रशिद्ध मन्दिरमा पूजा गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास गरिन्छ । याहॉ प्रत्येक वर्ष कार्तिक शुक्लपूर्णिमाका दिन जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्ने गर्छ । मन्दिरमा हिन्दु धर्मालम्बीहरुले बली चढाएर आफ्नो भाकल पूरा गर्ने गर्छन् भने रुकुम जिल्ला भन्दा बाहिरका विभिन्न जिल्लाबाट पनि यस जिल्लामा मेला भर्न आउनेहरुको घुइचो लाग्ने गर्दछ ।
८. रुकुम जिल्लाका अन्य महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यहरु ः–

प्रकाशित मिति: ७ भाद्र २०७३, मंगलवार ०७:३०