सुर्खेत । भोटेकोशीमा भएको विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै साउथ एशियन स्कलर्स एकेडेमीले पीडित परिवारको राहत तथा पुनर्स्थापनाका लागि ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
एकेडेमीले आफ्नो तर्फबाट उपलब्ध गराएको उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
एकेडेमीका फाउन्डर प्रिन्सिपल छत्र बडुवालले भोटेकोशी विपत्तिबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयका तर्फबाट सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो।
उहाँले विपत्तिको समयमा पीडित परिवारको दुःखमा साथ दिनु मानवीय दायित्व भएको बताउँदै विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको उल्लेख गर्नुभयो।
विपत्तिको समयमा पीडित परिवारको दुःखमा साथ दिनु हाम्रो मानवीय दायित्व हो। सानो भए पनि हाम्रो सहयोगले पीडित परिवारको राहत तथा पुनर्स्थापनामा योगदान पुग्ने विश्वास गरेका छौँ,” फाउन्डर प्रिन्सिपल बडुवालले भन्नुभयो।
त्यस्तै, एकेडेमीका निर्देशक गणेश अधिकारीले भोटेकोशी विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले विपत्तिको यस कठिन घडीमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले एकेडेमीले संस्थागत रूपमा सहयोग गरेको बताउनुभयो।
उहाँका अनुसार विद्यालयले उपलब्ध गराएको ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
निर्देशक अधिकारीले यस्तो सहयोगले विपत्तिमा परेका नागरिकप्रति विद्यालयको मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्रतिबिम्बित गर्ने बताउनुभयो।“यो सहयोग रकमको हिसाबले मात्रै महत्वपूर्ण छैन, विपत्तिमा परेका नागरिकप्रति हाम्रो मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब पनि हो,” निर्देशक अधिकारीले भन्नुभयो।
एकेडेमीले भोटेकोशी विपत्तिबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा आफूहरू पीडित परिवारको साथमा रहेको जनाएको छ। साथै, आवश्यकता र परिस्थितिअनुसार आगामी दिनमा पनि सामाजिक तथा मानवीय सहयोगका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार १९:५९