अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र सुर्खेतले कर्णालीका विभिन्न स्थानीयतहमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सञ्चालन गरेको छ।
शिविरमा अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य, पुनर्स्थापन र सहायक सामग्री प्रदान गर्दै उनीहरूको जीवनस्तर सुधार्ने काम गरिरहेको केन्द्रले जनाएको छ।
विकलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल बनेपाको सहयोगमा सञ्चालन गरिएको शिविर कर्णालीका पाँच जिल्लामा सञ्चालन भइरहेको छ।
आज दैलेखको डुगेश्वर गाँउपालिकामा शारीरिक अपाङ्गता भएका तथा कान सम्बन्धी समस्या भएका लाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार, पुनर्स्थापन तथा सहायक सामग्री वितरण गरिएको छ।
शिविरमा १०६ जनाले सेवा लिएका छन भने ती मध्ये ६ जनाको अप्रेशन गर्नुपर्ने भएको अपांग पुनर्स्थापना केन्द्र कर्णालीका प्रमुख होमराज केसीले बताउनुभयो।
उहाँले ७४ जना बालबालिकाले शिविरबाट सेवा लिएका छन भने २७ जनाको कान जाँच गरिएको बताउनुभयो।
यस्तै ३३ जनालार्इ साहायक सामाग्री हस्तारण गरिएको भन्दै नौमुलेमा भएको शिबिरबाट ७४ जनाले सेवा लिएका छन।
यी मध्ये ९ जनाको अप्रेशन गर्नुपर्ने भएको छ भने ५१ जना बालबालिकाले सेवा लिएको केन्द्रका प्रमुख केसीले बताउनुभयो।
शिविरमा खुट्टा, हात, हड्डी, जोर्नी, स्नायु, मेरुदण्डसम्बन्धी समस्या भएका बालबालिकाको विशेष परीक्षण गरिएको छ।
परीक्षणमा जन्मजात खुट्टाको विकृति पोलियोका कारण हात वा खुट्टा चल्न नसक्ने समस्या, जोर्नी र घुँडामा विकृति, हातको छोटाइ वा टेढोपन, मेरुदण्ड र मांसपेशी असामान्यता, हिँड्न समस्या भएका बालबालिकालाई समेटिएको थियो।
साथै, ह्वीलचेयर, क्रच, स्प्लिन्ट, क्यालिपर, प्लास्टर, मोबिलाइजर लगायतका सहायक सामग्री निःशुल्क वितरण गरिएको थियो।
शिविरमा मनो–सामाजिक परामर्श, फिजियोथेरापी सल्लाह र आवश्यक परेमा उपचारका लागि रेफर गर्ने व्यवस्था पनि गरिएको छ।
कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सुन्दरकुमार केसी,उपाध्यक्ष कलावती न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत श्रीसम्सेर रानामगरले शिविरले गाउँमा पुगेकोले उपचारले बाहिर जानुपर्ने विरामीहरूलार्इ सहज बनाएको भताएका छन।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार १८:०९