सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टद्वारा लिखित ‘कर्णाली प्रदेशसभामा आधा कार्यकाल’ पुस्तक विमोचन भएको छ । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक सांसदको पुस्तक बुधबार एक कार्यक्रमका बीच विमोचन भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ्ग, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, कर्णाली प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री एवम् विपक्ष दल माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा र उपसभामुले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पूर्ण कार्यकाललाई समेटेर पुस्तकलाई परिस्कृत गरेर ल्याउन सुझाव दिए । विविधतामा एकता हुनुपर्ने भन्दै उनले कर्णाली बनाउने र कर्णालीको निष्टालाई जोगाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पुस्तकमा लेखिने शब्द नै शाक्तिशाली भएको भन्दै पुस्तक कर्णाली प्रदेशसभाका लागि महत्वपूर्ण दस्ताबेज भएको बताए । माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले विष्टको पुस्तक कर्णालीका सबै सदस्यहरुका लागि र्गाैरवको विषय भएको बताए ।
कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले विष्टको पुस्तक कर्णाली प्रदेशसभाको महत्वपूर्ण सम्पत्ति भएको बताइन् । लेखक विष्टले कर्णाली प्रदेशसभाको आधा कार्यकायलको ऐतिहाँसिक क्षणमा आफूले निभाएका महत्वपूर्ण भूमिकालाई पुस्तक मार्फत आम नागरिकसँग पु¥याउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए । प्रदेशसभामा आफूले निभाएको भूमिका मतदाता र आम नागरिकले थाहा पाउने अधिकार भएको भन्दै विष्टले कानुनका अनुसन्धान तथा अध्ययता, प्रदेशसभा सदस्य, जनप्रतिनिधिहरुका लागि पठनीय हुने बताए ।

पुस्तकको समीक्षा गर्दै संसदीय मामिला पत्रकार समाजका अध्यक्ष देव रानाले सभाको पहिलो अधिवेशनको पहिलो बैठकदेखि पाँचौ अधिवेशनसम्मका सबै गतिविधिहरुलाई पुस्तकमा कैदै गरेर पुस्तकलाइ ऐतिहाँसिक घटनाक्रमको महत्वपूर्ण दस्तावेजका रुपमा दर्जा गराएको बताए । एक सय पृष्ठ लामो पुस्तकमा चुनावमा टिकट वितरणदेखि जेष्ठ सदस्यका नाताले प्रदेशसभा बैठक सञ्चालन गर्दाको अनुभव र दलको तर्फबाट प्रदेशसभामा उठाएका महत्वपूर्ण सवालहरुलाई क्रमबद्ध रुपमा समावेश गरिएकाे छ ।
पुस्तकमा सभामुख, उपसभामुखको निर्वाचन, नयाँ सरकार गठन, दोस्रो अधिवेशनका महत्वपूर्ण घटनाक्रम, प्रदेशसभाले निर्माण गरेका कानुनहरु, लेखकले बजेट निर्माणका क्रमममा सरकारलाई गरेको खबरदारी र दलको तर्फबाट प्रदेशसभामा उठाएका महत्वपूर्ण सवालहरुलाई क्रमबद्ध रुपमा समावेश गरिएका छ ।

पुस्तकको केही अंशमा लेखकले प्रदेशसभाभित्र निर्वाह गरेका महत्वपूर्ण र ऐतिहाँसिक अवसरलाई थप साहित्यक र भावनात्मक शैलीमा ढालिएको छ । तथ्य र प्रमाणलाई पुष्टि गर्नका लागि अन्तिम भागमा तस्वीरहरु समावेश गरिएको छ । अधिवेशनको विवरण, विषयगत समितिले गरेका गतिविधि र विषयगत समितिमा रहेका माननीयहरुको विवरण समेत समावेश गरेर पुस्तकलाइ लेकखको मात्र नभई प्रदेशसभाकै महत्वपूर्ण सम्पत्ति हो भन्ने पुष्टि गरिएको छ ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार १९:४४