कृत्रिम हात खुट्टाको उपचार गर्ने थ्रिडी पिन्टिङम मेसीनसाईनिङ अस्पताल आई एनएफ सुर्खेतमा हस्तान्तरण गरिएको छ।आज एक कार्यक्रमको आयोजना गरेर कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भन्डारीको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
यो मेसिन सञ्चालनमा आएसंगै डिजिटल माध्यबाट कृत्रिम हात खुट्टा राख्र छिटो,छरितो हुने भएको छ।।नेपालमा भर्इरहेको पुरानो प्रविधिलार्इ निरुत्सानगर्दै नयाँ प्रविधिबाट कृत्रिम हात खुट्टा राख्ने मेसिनको शुरुवात गरिएको हो।
कर्णाली प्रदेशमा थ्रिडी पिन्टिङम मेसीनबाट ३७ जनाको उपचार गरिएको अस्पतालका प्रमुख ललित बहादुर सारूले बताउनुभयो।यो सेवाबाट कर्णालीका ग्रामिण क्षेत्रका नागरिहरूले धेरै सेवा लिएको उहाँले बताउनुभयो। विभिन्न संघ संस्थाको सहयोगमा कर्णालीका नागरिकको स्वास्थ्य सेवालार्इ प्रभावकारी बनाउने उदेश्यले थ्रिडी पिन्टिङम मेसिन सञ्चालनमा ल्याएको प्रमुख सारूले जानकारी दिनुभयो।
उहाँले पछिल्लो समय प्रविधिको विकाससंगै अस्पातलेपनि आफ्नो सेवा सुविधालार्इ विस्तारगर्दै आएको बताउनुभयो। गरिब र पिछडिएका समुदायका लागि आइएनएफले कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएकाहरूको उपचारलाई सहज बनाउदै आएको जनाएको छ। याे सेवा सञ्चालन भएसंगैं अव यस्ता प्रकारका समस्या भएकाहरु बाहिर जानुपर्ने बाध्यता अन्त्य भएकाे छ । अहिले साईनिङ अस्पतालमा कर्णाली प्रदेश सहित लुम्बिनी र सुदुरपश्चिम प्रदेशका विरामीहरुले समेत सेवा लिने गरेका छन।
यस्तै साईनिङ अस्पताल आई एनएफ सुर्खेतले सामाजिक परिक्षण तथा समिक्षा कार्यक्रम समेत गरेको छ।आई एनएफले आफुले गरेका सबै गतिविधिलार्इ पार्दशि बनाउन सामाजिक परिक्षण गरेको जनाएको छ।
जसमा वर्षदिन भरी गरेका विभिन्न क्रियाकलाप तथा बार्षिक कार्यक्रम, बजेट र खर्चका सबै विवरणहरू सार्वजनिक गरिएको हो।

यस्तै कार्यक्रमलार्इ सम्बोधनगरदै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भन्डारीले आई एनएफ सुर्खेतले गरिब तथा निमुखा वर्गका नागरिको क्षेत्रमा काम गरेको भन्दै सर्हान व्यक्त गर्नुभयो।
उहाँले प्रदेश सरकार र आई एनएफ संगसंगै रहेको भन्दै पछिल्लो समय अपागंताको क्षेत्रमा दुवैले मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
जिल्ला समुन्वय समितिका प्रमुख गंगाराम सुनारले विगतका दिनहरुमा पनि कुष्ठरोगको क्षेत्रमा आई एनएफले राम्रो काम गरेको भन्दै आगामी दिनमा पनि अझ राम्रो काम गर्न सुझाँव दिनुभयो।
उहाँले समुदायस्तरमा कुष्ठरोग तथा अपाङ्गता जाँच शिविर सञ्चालन गर्न प्रदेश तथा स्थानीय सरकारहरूसँग सहकार्य गर्ने आग्रह गर्नुभयो ।
यस्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले सार्वजनिक परिक्षण गरेर पारदर्शी संस्था बनाउनु राम्रो काम भएको बताउनुभयो। उहाँले सबै खालका बिरामीलाई समान नजरले हेर्ने वानिको विकास गराउनु पर्नेमा जोडदिनुभयो।
कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शुक्रबार २१:१५