लोकतान्त्रिक निर्माण व्यवसायी संघ सुर्खेतको नयाँ कार्य समिति चयन भएको छ।
केन्द्रीय प्रतिनिधि तथा कर्णाली प्रदेश संयोजक मोहनप्रसाद आचार्यको अध्यक्षता तथा नेपाली कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलको प्रमुख आतिथ्यतामा भएको भेलाबाट सर्वसहमतिले नयाँ नेतृत्व चयन भएको हो।
भेलाले जयप्रकाश पौडेलको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति गठन भएको हो।
संघको उपाध्यक्षमा विवेक कुमार थापा र रविन्द्र बहादुर शाही, महासचिव प्रेम सिंहठकुरी, उप-महासचिवमा सन्तोष विसी, र कोषाध्यक्ष देवेन्द्र देव गिरी चयन हुनुभएको छ।
यस्तै सदस्यमा गणेश डिसी, रमेश आरसी, उमेश खड्का, प्रकाश भेदी, टेकबहादुर रूचाल र लोकबहादुर गुरूङ निर्वाचित भएको जनाइएको छ।
उता सल्यान र रूकुम पश्चिममा पनि लोकतान्त्रिक निर्माण व्यवसायी संघ आजै गठन भएको छ।
लोकतान्त्रिक निर्माण व्यवसायी रूकुम पश्चिमको अध्यक्षमा दिपक बीएम तथा सल्यानमा भरतकुमार बस्नेतको अध्यक्षतामा ११ कार्यसमिती चयन गरेको भएको।
भेलामा सभापति तथा पूर्वसामाजिक बिकाश मन्त्री पोखरेल, उपसभापति बिष्णुबहादुर खड़का, निर्माण व्यवसायी समन्वय विभाग समिति सदस्य याम बिसी, लोकतांत्रिक निर्माण व्यवसायी केन्द्रीय सदस्य भरत डांगी, लोकतांन्त्रिक खेलकूद केन्द्रीय सदस्य मंगल श्रेष्ठ र नेपाली कांग्रेस पूर्वनिर्माण व्यवसायी संघ सुर्ख़ेत ज़िल्ला अध्यक्ष जनक रावल, पूर्वमहासचिव तथा हर्ष विक्रम खड़का लगाएतको सहभागिता रहेको थियो।
लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको छ।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार १४:२३