गाउँमा नै बिशेषज्ञ उपचार गर्न पाएपछि सिम्ता गाउँपालिका ८ का नागरिक खुसी भएका छन।गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले झन्डै तिन सय जनाको उपचार गरेको छ।
वडा कार्यालयको आयोजना तथा नेपाल प्रेस युनियन सुर्खेत,स्वास्थ्य पत्रकार समाज कर्णालीको सहकार्य,सुर्खेत उद्योग वाणिज्य संघ तथा नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्राविधक सहयोगमा शिविर सञ्चालन गरिएको हो।सिम्ता गाउँपालिका वडा -८ मा पहिलोपटक सात जना बिशेषज्ञ डाक्टरहरूले नि:शुल्क सेवा पाएपछि स्थानिय हर्षित भएका छन।
एक दिने निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै विभिन्न विशेषज्ञ सेवा लिन पाएको भन्दै स्थानीय पार्वती नेपालीले खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अन्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा सहजै पाइन्छ तर नसाको उपचारका लागि वीरेन्द्रनगर वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ।”
लामो समयदेखि हाडजोर्नी कै समस्यामा रहेका ६१ वर्षीय भिम बहादुर खत्री नियमित रूपमा गाउँमा स्वास्थ्य शिविर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएको उहाँको भनाइ छ।शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगसम्बन्धी समस्या लगायतबारे सेवा प्रदान गरिएको हो।
शिविरमा बरिष्ठ नाक, कान घाटी रोग विशेषज्ञ डा पारस पौडेल, बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा शुभ श्रेष्ठ, बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा नम्रता भटरार्इ र बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा कृतिका थापाले सेवा दिनुभएको हो।यस्तै मेडिकल अधिकृत डा दिलिप कुमार शाह र डा अमृत कर्ण तथा फिजियोथेरापिष्ट डा कैलास सिराले विरामीलाइ सेवा दिनुभएको हो।
यस्तै घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढिजसो लाभान्वित भएको वडा अध्यक्ष चेतबहादुर रेग्मीले बताउनुभयो।उहाँले शिविरमा सिम्ता गाउँपालिका वडा ८ लगायत आसपास वडाका बिरामीको समेत उपचार गरिएको बताउनुभयो।
यस्तै कार्याक्रममा सिम्ता गाँउपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले नागरिकले घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गर्नुभयो।निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो।
उहाँले आगामी बर्षको बजेटमा नै निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरेर सबै नागरिकलाइ उपचारको पहुँचमा पुर्याइने बताउनुभयो।शिविरमा विभिन्न रोगका २ सय २५ जना महिना र ५७ जना पुरुषले सेवा लिएका जनाइएको छ।शिविरमा बिरामीलाई उपचार सेवाका साथै आवश्यक परामर्श, औषधी वितरण गरिएको थियो।

default
default
default
default
प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार १६:४०