सुर्खेतको वीरेन्द्रनगरमा जारी मुख्यमन्त्री कप टी टवान्टी क्रिकेटको उपाधिकालागि सुर्खेत र रुकुमपश्चिम भिड्दै छन।आज हुने भनिएको सुर्खेत र कालीकोटबिचको दोस्रो सेमीफार्इनल वर्षाले हुन नसकेपछि समूह विजेता बनेर सेमीफार्इनल प्रवेसको आधरमा सुर्खेतले फार्इनल यात्रा तय गरेको हो।
सुर्खेतले उपाधिकालागि भोली रुकुम पश्चिमसंग खेल्नेछ।भोली फार्इनल हुन नसके पर्सीलार्इ रिजर्व डे राखिएको र पर्सी पनि फार्इनल खेल हुन नसके दुवैलार्इ विजेता घोषणा गरिने रेफ्रि नेरशसिंह थापाले जानकारी दिनुभयो
आज बिहान भएको पहिलो सेमीफार्इलमा रुकुम पश्चिम कर्णाली मुख्यमन्त्री कप टी-२० क्रिकेटको फाइनलमा रुकुम पश्चिमले सल्यानलाई २ विकेटले पराजित गर्दै रुकुम पश्चिम फाइनल प्रवेश गरेको हो ।
१९ ओभरमा घटार्इएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सल्यानले निर्धारित १९ ओभरको खेलमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो।
सल्यानकालागि सचिन विकले सर्वाधिक ३२ र विक्रम रोकाले २३ बनाउनु भयो भने रुकुम पश्चिमका अर्जुन घर्तीले २ तथा राजेन्द्र शाही र प्रतीक गिरीले १/१ विकेट लिनुभयो ।
रुकुम पश्चिमले ओपनर अरविन्द घर्तीको आक्रामक ब्याटिङमा १६ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष पुरा गर्यो।
२७ बलमा अर्धशतक पुरा गर्नुभएका अरविन्दले २८ बलमा ५३ रन बनाएर रन आउटको हुनुभयो।अरविन्द यस प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समेत बन्नुभएको छ। रुकुम पश्चिमकालागि अर्का ओपनर कुनाल रावलले १७, प्रतीक गिरीले १२ र शङ्कर परियारले १० रन बनाउनु भयो।
सल्यानका विक्रम रोकाले ३, सुरज बुढाथोकीले २ तथा दिवान पुन र सन्दीप गन्दर्भले १/१ विकेट लिनुभयो।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ७ वटा जिल्लाले भाग लिएका थिए ।यस प्रतियोगिताको विजेताले १ लाख १ हजार नगद र ट्रफि पुरस्कार पाउँदा उप विजेताले ५१ हजार पुरस्कार पाउने छ।
प्रकाशित मिति: १४ असार २०८१, बिहीबार १७:४९