सुर्खेतको वीरेन्द्रनगरमा आजदेखी कर्णाली एक्सपो सञ्चालन भएको छ।एक्सपोको एक समारोहकाबिच उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गर्नुभएको छ।
कर्णाली एक्सपोको मुख्य उदेश्य कर्णालीको व्यापार तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसारसंगै यहाँका संस्कृती, जडिबुटी र सम्भावनाको उजागर गर्ने रहेको आयोजकको दाबी छ।
महोत्सव अवधीभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्म गर्न सकिनेगरी व्यवस्थापन गरिएको आयोजक सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ।
कार्यक्रमलार्इ सम्बोधनगर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले आफुहरुले समयमै कानुन बनाउन नसक्दा संघियतामाथी प्रश्नगर्नेहरु सलबलाएको बताउनुभयो।
उहाँले कर्णालीको विकासको लागि आरोप प्रत्योरोप नभएर सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोडदिनुभयो।
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समृद्ध कर्णालीको सपना पूरा गर्ने प्रक्रियामा आफूहरु लागिरहेको बताउनु भएको छ।उहाँले एकल अधिकारमा पाएका व्यवस्था कार्यान्वयन हुन नसकेको भन्दै संघीय सरकारले संघीयता कार्यान्यवनमा जोडदिनुभयो।
यस्तै कार्यक्रमलार्इ सम्बोधनगर्दै प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले सत्ता र शक्तिको भरमा मुलुक चलाउन नपाइने जिकिर गर्नुभयो।सासंसद थानीले शक्ति र पहुँचको भरमा सारिएका कार्यालयको विरोध जनाउँदै विमानस्थल सार्ने नीति कार्यान्वयन हुननसक्ने बताउनुभयो।
उहाँले कर्णाली प्रदेश स्थापना सदनले नभएर यहाँका जनताले ज्यान दिएर स्थापना भएको स्पस्ट पार्नुभयो।यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता यामलाल कँडेलले निजी क्षेत्रहरू उत्पादनमा अग्रसर हुनुपर्नेमा जोडदिनुभयो।
उहाँले सेवामुखी व्यवसाय भन्दापनि उत्पादनमा जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभयो।कर्णालीमा पाइने खानाहरुको परिकारहरु राख्नेगरी स्वच्छ, सफा होटेलहरु, कृषि र घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको छुट्टै स्टलमा राखिएको छ।
प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार १८:३४