काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले चौधौं केन्द्रीय महाधिवेशन आउदो मंसिर २४ देखि २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार साँझ एक विज्ञप्तीमार्फत चौधौं केन्द्रीय महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको हो ।
समितिको बैठक सानेपास्थितको कांग्रेस केन्द्रीय कार्यालय विपी स्मृति भवनमा आज अपरान्ह ५ बजे बसेको जनाइएको छ ।
प्रकाशित मिति: ११ कार्तिक २०७८, बिहीबार २०:१०