सुर्खेत जिल्लालाई मङ्गलवार पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । एक कार्यक्रम गरी प्रदेश खोप समन्वय समितिले जिल्ला खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको प्रमाणपत्रसमेत दिएको छ ।
सुर्खेतका जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले पाउनुपर्ने सबै खोप पाउनुका साथै छुटेका बालबालिकाहरुलाई पनि खोप दिएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
सुर्खेतमा जन्मदेखि १५ महिनासम्मका ६ हजार ६१८ जना, कुनैपनि खोप नलगाएका दुई जना र कुनै खोप लगाएका, कुनै नलगाइ छुटेका ३७ जना गरी ६ हजार ६५७ जनालाई सवै खोप लगाइएको छ । यस्तै १६ महिनादेखि ५९ महिनाका १६ हजार ४६४ जना, कुनै खोप नलगाएका १३ जना र छुटेका २३६ जना गरी १६ हजार ७१३ जनालाई खोप लगाएपछि पूर्ण खोप निर्देशिका २०७७ बमोजिम सुर्खेतलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख एवं जिल्ला खोप खोप समन्वय समितिका सदस्य सचिव करुणा भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार ९९ वटा वडा रहेको सुर्खेतमा कूल १२७ वटा खोप केन्द्रबाट बालबालिकालाई सवै खोप दिइएको छ । मौसमी बसाई सराईका कारण बालबालिकाहरुमा खोप छुट्ने समस्या रहेको हुँदा उनीहरुलाई पनि खोज अभियानमार्फत खोप लगाउने गरेको जानकारी उहाँले दिनुभयो । नौ वटा पालिका रहेको सुर्खेतमा गत जेठ २६ गते लेकबेसी नगरपालिकाबाट पूर्ण खोप सुनिश्चित पालिका घोषणा सुरु भइ यही असार १९ गते बीरेन्द्रनगरले घोषणा गरेपछि जिल्लालाई नै खोप सुनिश्चित जिल्ला घोषणा गरिएको उहाँको भनाइ छ ।
सो अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले १० जिल्ला रहेको कर्णालीमा नौ वटा जिल्ला पूर्ण खोप सुनिश्चित भइसकेको र अव एउटा मात्र बाँकी रहेकोले त्यो पनि पूरा भएपछि केही समयभित्र प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो । बालबालिकाहरुलाई सम्पूर्ण खोप लगाउनबाट बञ्चित गराउन नहुने सुझाव दिदैं उहाँले बसाईसराईका कारण शुन्य डोज र छुट्ने समस्या देखिएको उल्लेख गर्नुभयो । पछिल्लो समय कर्णालीमा स्वास्थ्यका सूचकहरुमा सुधार आइरहेको आफूले पाएको बताउँदै उहाँले महिला स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्दै आगामी साउनेदेखि प्रदेश सरकारले स्वयंसेविकाहरुको पारिश्रमिक दोब्बर बनाउने निर्णय गरेको बताउनुभयो ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले पूर्ण खोप घोषण्सुर्खेत, असार २३ गते
सुर्खेत जिल्लालाई मङ्गलवार पूर्ण खोप सुनिश्चित तथा दिगोपनी जिल्ला घोषणा गरिएको छ । एक कार्यक्रम गरी प्रदेश खोप समन्वय समितिले जिल्ला खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको प्रमाणपत्रसमेत दिएको छ ।
सुर्खेतका जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले पाउनुपर्ने सबै खोप पाउनुका साथै छुटेका बालबालिकाहरुलाई पनि खोप दिएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
सुर्खेतमा जन्मदेखि १५ महिनासम्मका ६ हजार ६१८ जना, कुनैपनि खोप नलगाएका दुई जना र कुनै खोप लगाएका, कुनै नलगाइ छुटेका ३७ जना गरी ६ हजार ६५७ जनालाई सवै खोप लगाइएको छ । यस्तै १६ महिनादेखि ५९ महिनाका १६ हजार ४६४ जना, कुनै खोप नलगाएका १३ जना र छुटेका २३६ जना गरी १६ हजार ७१३ जनालाई खोप लगाएपछि पूर्ण खोप निर्देशिका २०७७ बमोजिम सुर्खेतलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख एवं जिल्ला खोप खोप समन्वय समितिका सदस्य सचिव करुणा भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार ९९ वटा वडा रहेको सुर्खेतमा कूल १२७ वटा खोप केन्द्रबाट बालबालिकालाई सवै खोप दिइएको छ । मौसमी बसाई सराईका कारण बालबालिकाहरुमा खोप छुट्ने समस्या रहेको हुँदा उनीहरुलाई पनि खोज अभियानमार्फत खोप लगाउने गरेको जानकारी उहाँले दिनुभयो । नौ वटा पालिका रहेको सुर्खेतमा गत जेठ २६ गते लेकबेसी नगरपालिकाबाट पूर्ण खोप सुनिश्चित पालिका घोषणा सुरु भइ यही असार १९ गते बीरेन्द्रनगरले घोषणा गरेपछि जिल्लालाई नै खोप सुनिश्चित पालिका घोषणा गरिएको उहाँको भनाइ छ ।
सो अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले १० जिल्ला रहेको कर्णालीमा नौ वटा जिल्ला पूर्ण खोप सुनिश्चित भइसकेको र अव एउटा मात्र बाँकी रहेकोले त्यो पनि पूरा भएपछि केही समयभित्र प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो । बालबालिकाहरुलाई सम्पूर्ण खोप लगाउनबाट बञ्चित गराउन नहुने सुझाव दिदैं उहाँले बसाईसराईका कारण शुन्य डोज र छुट्ने समस्या देखिएको उल्लेख गर्नुभयो । पछिल्लो समय कर्णालीमा स्वास्थ्यका सूचकहरुमा सुधार आइरहेको आफूले पाएको बताउँदै उहाँले महिला स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्दै आगामी साउनेदेखि प्रदेश सरकारले स्वयंसेविकाहरुको पारिश्रमिक दोब्बर बनाउने निर्णय गरेको बताउनुभयो ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले पूर्ण खोप घोषणा गरिएपनि बेलाबेलामा खोपजन्य रोगहरु देखापरेको हुँदा त्यसको न्यूनीकरणमा समेत सचेत हुन निर्देशन दिनुभयो । रोग नै देखा नपर्नु खोप कार्यक्रमको उपलव्धी भएको उहाँको भनाइ छ । सो अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरु राजकुमारी विसी, मेनका आचार्य, चित्रकला खड्का, मनमाया गुरुङ, लिला पुन र ज्ञानु सराभाजीका साथै खोप ढुवानीकर्ताहरु गणेशबहादुर खत्री, कोपिला पुन, खगेन्द्र कटवाल, टोपबहादुर बुढा, रणबहादुर दमाई, मानबहादुर बुढा तथा जनस्वास्थ्य सेवा कार्यालयका कोल्डचेत निरीक्षक हरिबहादुर बस्नेतलाई सम्मान गरिएको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख गंगाराम, सुनार, सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले पूर्ण खोप स्ुनिश्चित कार्यक्रमको प्रभावकारिता र निरन्तरतावारे सुझाव दिनुभएको थियो ।ाा गरिएपनि बेलाबेलामा खोपजन्य रोगहरु देखापरेको हुँदा त्यसको न्यूनीकरणमा समेत सचेत हुन निर्देशन दिनुभयो । रोग नै देखा नपर्नु खोप कार्यक्रमको उपलव्धी भएको उहाँको भनाइ छ । सो अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरु राजकुमारी विसी, मेनका आचार्य, चित्रकला खड्का, मनमाया गुरुङ, लिला पुन र ज्ञानु सराभाजीका साथै खोप ढुवानीकर्ताहरु गणेशबहादुर खत्री, कोपिला पुन, खगेन्द्र कटवाल, टोपबहादुर बुढा, रणबहादुर दमाई, मानबहादुर बुढा तथा जनस्वास्थ्य सेवा कार्यालयका कोल्डचेत निरीक्षक हरिबहादुर बस्नेतलाई सम्मान गरिएको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख गंगाराम, सुनार, सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले पूर्ण खोप स्ुनिश्चित कार्यक्रमको प्रभावकारिता र निरन्तरतावारे सुझाव दिनुभएको थियो ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार ०७:२६