कर्णाली प्रदेशको सबैभन्दा ठूलो नगरपालिका बीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ४ अर्ब ७१ करोड दुई लाख ७२ हजारको बजेट ल्याएको छ । जसमा संघीय र प्रदेश सशर्तसहित नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरु गर्नका लागि ३ अर्ब ४४ करोड ५ लाख ७२ हजार रहेको छ । नगरपालिकाले आन्तरिक आम्दानीतर्फ ३३ करोड संकलन गर्ने लक्ष्य राखेको छ । कूल बजेटमा चालु तर्फ एक अर्ब ६ करोड ३१ लाख ८९ हजार अर्थात ३६ प्रतिशत र पुँजीगततर्पm ३ अर्ब २ करोड ७० लाख ८२ हजार अर्थात ६४ प्रतिशत बिनियोजन गरिएको छ ।
नगरपालिकाले बुधवार सम्पन्न १९ औं नगरसभामा नगर उपप्रमुख निलकण्ठ खनालले सो बजेट प्रस्ताब गर्नुभएको हो । नगरपालिकाले संघीय वित्तीय समानिकरण अनुदान २४ करोड ६० लाख, संघीय सशत अनुदान २ अर्ब ६७ करोड ९६ लाख, संघीय राजश्व बाँडफाँट २१ करोड ३६ लाख ४७ हजार, प्रदेश सरकार बित्तीय समानिकरण अनुदान ३ करोड ५३ लाख ३५ हजार, प्रदेश सशर्त अनुदान ५० करोड ५३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँट ४४ लाख ११ हजारबाट बजेटको व्यवस्थापन गरिने जनाइएको छ ।
यस्तै संघ तथा प्रदेश समपूरक र विशेष अनुदान ४ करोड ५९ लाख, स्थानीय राजश्व बाँडफाँट १८ करोड, नगरपालिकाबाट संकलित आन्तरिक आय ३३ करोड ६ लाख ६५ हजार, बैंक मौज्दात ३ करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदान ४३ करोडबाट पनि सो बजेटको खर्च व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । बजेटमा तलब भत्ता तथा कार्यालय संचालनका लागि ३४ करोड, खानेपानी सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रम म्याचिङ फण्ड९भेरी पम्पिङ आयोजना०संचालनका लागि १८ करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि १६ करोड ६७ लाख, नगरस्तरीय आयोजना तथा कार्यक्रमका लागि १४ करोड ५० लाख, सामाजिक सुरक्षा कार्यक्रममा ४३ करोड बजेट बिनियोजन गरिएको छ ।
बजेटमा विद्यालयमा गुणस्तरीय शिक्षामा बालबालिकाको समतामुलक पहुँच बढाउन सशर्त बाहेक ६ करोड, आधारभूत स्वास्थ्य सेवाका लागि दुई करोड ६० लाख, महिला बालबालिका नगर अस्पताल र १५ शय्या अस्पताल संचालनमा ल्याउन थप २ करोड, हिंसापीडित महिलाहरुलाई आश्रय दिन सेफ हाउस संचालनका लागि २० लाख, फोहोरमैला व्यवस्थापनका लागि २ करोड ५० लाख बजेट बिनियोजन गरिएको उपप्रमुख खनालले बताउनुभयो ।
यसैगरी नगर प्रमुख मोहनमाया ढकालले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर्णाली प्रदेश राजधानीको रुपमा रहेको नगरपालिकालाई प्राप्त स्रोत र साधनको उपयोग गर्दै पूर्वाधार तथा सामाजिक र समोशिकरण विकासको क्षेत्रमा अगाडि बढाएको बताउनुभयो। नीति तथा कार्यक्रमा चालु आर्थिक वर्षमा कायम रहेको करलाई यथावत राखेर करको आधार र क्षेत्र विस्तार गर्ने, राजश्व सुधारको बर्ष अभियानलाई सुदृढ गर्दै सवै करदाताहरुको विवरणलाई डिजिटल प्रणालीमा आवद्ध गर्ने, राजश्व चुहावट नियन्त्रण प्रभावकारी बनाइने, स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने सम्पत्ति कर, घरबहाल कर, भूमि कर, व्यवसाय कर, जडीबुटी, सवारीसाधन, विज्ञापन र मनोरन्जन करलाई एकीकृत बनाइने, दलित, महिला, अपांगता तथा सीमान्तकृत युवाहरुद्वारा संचालित स्थानीय कच्चा पदार्थमा आधारित घलु घरेलु उद्योगको व्यवसाय करमा २० प्रतिशत छुट दिइने जनाइएको छ ।
यसैगरी बीरेन्द्रनगरको वडा नं। १३, १४, १५ र १६ लाई तरकारी फलफूल दुधजन्य र मासुजन्य पदार्थको कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने जनाइएको छ । यस्तै बीरेन्द्रनगरका प्रमुख पर्यटकीय क्षेत्रको डिजिटल लोकेसन म्यापिङ गरिने, छेडादेखि गढी भ्यूटावर सम्मको क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्ने, बीरेन्द्रनगरलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने र नगरभित्रका १६ वटै वडाका विभिन्न जातजाति, भाषाभाषीलाई समेटेर रैथाने सांस्कृतिक महोत्सव संचालन गरिनेछ ।
यसैगरी आव २०८३र०८४ लाई शैक्षिक सुधारको बर्षको रुपमा मनाइने, नगरपालिकाको शैक्षिक गुणस्तर उन्नयनमा निवृत्त शिक्षक र कर्मचारी सम्मिलित बीरेन्द्रनगर थिंक ट्यांक निर्माण गरिने, अटिजम भएका बालबालिकाहरुको सिकाईका लागि सिकाई केन्द्र स्थापन गर्ने, एक वडा एक खेलमैदान निर्माण गर्ने, हेलो गर्भवती आमा कार्यक्रमलाई प्रभावकारी बनाइने र बीरेन्द्रनगरलाई स्वच्छ सहर बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। साथै नगर गौरवको आयोजनाको रुपमा रहेको छोरी बचत कार्यक्रमलाई निरन्तरता दिइ बैंक खाता खोल्नका लागि एक हजारलाई यस वर्षदेखि २ हजार बनाइने, भेरी लिफ्टिङ आयोजनाको कामलाई तीब्रता दिइने, नगरपालिका भित्रक संरचनाहरुलाई अपांगतामैत्री बनाइने, नगरभित्रका सडकहरुलाई २४ सै घन्टा मर्मत गरिनेलगायतका कार्यक्रमहरु नीति था कार्यक्रममा ल्याइएको नगर प्रमुख ढकालले बताउनुभयो।
प्रकाशित मिति: १० असार २०८३, बुधबार १७:१४