सुर्खेतको वीरेन्द्रनगरस्थित इगरब्रिज आवासीय माध्यमिक विद्यालय ले कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) परीक्षामा यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टताको निरन्तरता कायम राखेको छ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयकी छात्रा डिलकुमारी सापकोटा ले ३.९६ जीपीए प्राप्त गर्दै व्यवस्थापन संकायतर्फ नेपालमै उत्कृष्ट नतिजा हासिल गरेकी छन्। विद्यालयका १९ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन्।
विद्यालयका अनुसार यस वर्षको नतिजाले संस्थाको शैक्षिक गुणस्तर, अनुशासित अध्ययन वातावरण तथा विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिलाई थप पुष्टि गरेको छ। इगरब्रिजले विगतका वर्षहरूमा पनि निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ। हरेक वर्ष उल्लेख्य संख्यामा विद्यार्थीले उच्च जीपीए हासिल गर्दै आएका कारण विद्यालय कर्णाली प्रदेशकै अग्रणी संस्थागत विद्यालयमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ।
विद्यालयले कक्षा ११ र १२ मात्र नभई एसईई परीक्षामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। विज्ञान, व्यवस्थापन तथा अन्य संकायका विद्यार्थीहरूले राष्ट्रियस्तरमै प्रतिस्पर्धी नतिजा हासिल गर्ने गरेका छन्। पछिल्ला वर्षहरूमा कक्षा १२ को बोर्ड परीक्षामा विद्यालयका विद्यार्थीहरूले निरन्तर उच्च जीपीए प्राप्त गर्दै आएका छन्।
विद्यालयका प्रिन्सिपल दिपेन भूसाल ले विद्यालयको सफलता शिक्षक, विद्यार्थी र अभिभावकबीचको सशक्त सहकार्यको परिणाम भएको बताउनुभयो।
उहाँले भन्नुभयो,विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। विद्यालयका सम्पूर्ण प्रयास गुणस्तरीय शिक्षा, सिर्जनात्मक सिकाइ र विद्यार्थीको सफल भविष्यतर्फ केन्द्रित छन्। अभिभावक र विद्यार्थीले गरेको विश्वासले हामीलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ।”
विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भूसाल ले इगरब्रिजलाई देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्यका साथ संस्था अघि बढिरहेको बताउनुभयो। उहाँका अनुसार विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै व्यवहारिक, नैतिक तथा संस्कारयुक्त शिक्षालाई समान प्राथमिकता दिएको छ।
उहाँले भन्नुभयो,हामी विद्यार्थीको सर्वाङ्गीण विकासमा विश्वास गर्छौं। शैक्षिक उपलब्धिसँगै अनुशासन, नेतृत्व क्षमता, व्यवहारिक सीप र सकारात्मक संस्कार विकासमा पनि विद्यालयले विशेष ध्यान दिएको छ। यही कारण विद्यार्थीहरू भविष्यप्रति आत्मविश्वासी र सक्षम बन्दै गएका छन्।”
विद्यालयका संस्थापक हेमप्रकाश भूसाल ले करिब तीन दशकअघि स्थापना गर्नुभएको इगरब्रिज विद्यालय आज कर्णाली प्रदेशको शैक्षिक क्षेत्रमा विश्वासिलो र प्रतिष्ठित नामका रूपमा स्थापित भएको छ। आधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक, प्रविधिमैत्री सिकाइ वातावरण तथा गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताका कारण विद्यालयले अभिभावक र विद्यार्थीको उच्च विश्वास जित्दै आएको छ।
निरन्तर उत्कृष्ट नतिजा, विद्यार्थीको सर्वाङ्गीण विकासप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षामा केन्द्रित अभ्यासका कारण इगरब्रिज आवासीय माध्यमिक विद्यालय कर्णाली प्रदेशकै अग्रणी शैक्षिक संस्थाका रूपमा थप सशक्त रूपमा स्थापित हुँदै गएको छ।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार १५:३३