खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतकाे अध्यक्षमा नविन शाही निर्वाचित भएका छन्। बुधबार वीरेन्द्रनगरमा सम्पन्न मञ्चकाे दाेस्राे साधारण सभाले शाहीकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हाे ।
मञ्चकाे उपाध्यक्ष रमा केसी, सचिवमा अप्सरा विष्ट, काेषाध्यक्षमा सिर्जना बुढाथाेकी, सह-नविन सुवेदी निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा राकेश पाैडेल (तिलक), टेकराज केसी, भावना राना र मिलन श्रेष्ठ निर्वाचित भएका छन् । साधारण सभामा निवर्तमान अध्यक्ष भानुभक्त अधिकारीले खेलकुद पत्रकारिताकाे महत्व र जिम्मेवारी लगायतका विषयमा प्रष्ट पारेका थिए।
कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले कर्णालीमा खेलाडीहरुकाे राष्ट्रिय स्तरमा पुर्याउने र खेलाडीकाे प्राेफाइल निर्माण लगायतका गतिविधिमा नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताए । कर्णालीमा रहेका लाेप उन्मुख र परम्परागत खेलकुद्काे विकासका लागि कलम चलाउनुपर्ने बताउँदै अागामी दिनमा कर्णालीमा पल्सल अवार्ड गराउने समेत बताए।
त्यस्तै केन्द्रीय प्रतिनिधि एवम् नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य नविन लुइटेलले अासन्न दिनमा सुर्खेतमा हुन गरिरहेको दशाै राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न खेलकुद पत्रकारकाे महत्वपूर्ण भूमिका रहने बताए । उनले समग्र खेलकुद र खेलाडीकाे बृद्दि विकासमा खेलकुद पत्रकारकाे महत्वपूर्ण याेगदान रहेकाे बताउँदै सुर्खेतमा खेल पत्रकारिताको विकासका लागि क्षमता अभिवृद्धि तालिम, फेलाेरिप लगायतका गतिविधि सञ्चालन गर्न सुझाव दिए । त्यस्तै खेलकुद विकास परिषद्ले नै बजेट व्यवस्था गरेर खेलकुद क्षेत्रमा याेगदान पुर्याएका पुराना खेलाडीहरुकाे खाेजमुलक रिपोर्टिङ् लगायत खेलकुद पत्रकारिताको विकासका लागि याेगदान गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले सुर्खेतकाे खेलकुद विकासका लागि विगतदेखि नै लामाे समयदेखि रिपाेटिङ गर्दै अाएकाे बताए। उनले माेफसलमा रहेर विधागत पत्रकारिता गर्न कठिन रहेको बताउँदै पछिल्लो समय सरकारले नै पत्रकारिता, मिडिया हाउस बन्द गराउन लागि परेको बताए। प्रदेश सरकारको पनि केन्द्र सरकारकै रिमाल गरेर लाेक कल्याणकारी विज्ञापन राेकेकाे बताए ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार ११:२९