सुर्खेत । स्थानीय कर्मचारी क्रिकेट कप–२०८२ अन्तर्गत शनिबार सुर्खेतको वीरेन्द्रनगर मैदानमा सम्पन्न खेलमा जाजरकोटले डोल्पालाई ७० रनले पराजित गर्दै समूह विजेता बनेको छ । लगातार दोस्रो जितसँगै जाजरकोट सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको जाजरकोटले २० ओभरमा ३ विकेट गुमाउँदै १९७ रन बनायो । कप्तान तारा प्रसाद गिरीले अविजित ८३ रनको उत्कृष्ट पारी खेले । जवाफमा डोल्पा २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनमै सीमित भयो ।

ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान गिरी प्लेयर अफ द म्याच घोषित भए । जाजरकोटले सेमिफाइनलमा समूह डी को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । १२ टिम सहभागी प्रतियोगिता माघ १ देखि ५ गतेसम्म सुर्खेतमा सञ्चालन भइरहेको छ ।
प्रकाशित मिति: ५ माघ २०८२, आईतवार ११:२३