मंसिर १७ सुर्खेत ।वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि। वीरेन्द्रनगर(८, सुर्खेतको तेइसौं वार्षिक साधारणसभाबाट खगेन्द्र प्रसाद भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको छ। मंगलबार सम्पन्न सभामा एकाई प्रतिनिधिहरुको सर्वसम्मत निर्णयले नौ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध गठन भएको हो।
नव–निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष प्रेम प्रसाद चालिसे, सचिव पोषणराज रेग्मी र कोषाध्यक्ष हिरा बुढा मगर रहनुभएको छ। साथै डिले वली, काँशीमाया राना, यामकुमारी हमाल, सुवास आचार्य र इमादेवी पोख्रेल सदस्यमा निर्वाचित हुनुभएको हो।
त्यसैगरी लेखा समितिमा तिलक खनाल संयोजक, भुमिसरा वि।सी ९के।सी० र डिल्लीराम आचार्य सदस्यमा निर्विरोध चयन भएका छन्।
सहकारी ऐन तथा नियमावलीअनुसार आयोजित ७ वटा एकाई बैठकमार्फत चयन भएका प्रतिनिधिहरूको उपस्थितिमा वार्षिक साधारणसभा सम्पन्न भएको कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक सल्लाहकार कमलराज रेग्मीले सहकारीले कर्णालीका विकट तथा विपन्न परिवारसँग लघुवित्त कार्यक्रमका माध्यमबाट हातेमालो गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो।
यसै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कारसमेत गरिएको थियो।
सभामा अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षता तथा सल्लाहकार कृष्णप्रसाद पौडेल, देवकुमार सुवेदी, कानुनी सल्लाहकार उत्तमप्रसाद आचार्यलगायतका वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए।
सचिव राधाकुमारी ढकालले प्रस्तुत गर्नुभएको संशोधित तथा प्रस्तावित बजेट अनुसार चालु आ।व। २०८२र०८३ को रू। ७ अर्ब ९० करोड ५९ लाख ३९ हजार २ सय १० रुपैयाँ १६ पैसा र आगामी आ।व। २०८३र०८४ को रू। ९ अर्ब ५९ करोड ७५ लाख ७४ हजार २ सय १० रुपैयाँ १६ पैसा बराबरको बजेट स्वीकृत गरिएको छ।
समाजमा उदाहरणीय बन्दै वातावरण सहकारी
कर्णालीभर सेवा विस्तार गरिरहेको वातावरण सहकारी नियमित कर तिर्ने, आर्थिक पारदर्शिता कायम गर्ने र सहकारी क्षेत्रमै उदाहरणीय संस्थाका रूपमा पहिचान बन्दै गएको छ। सरकारले महसूल बुझाउने सहकारीमध्ये अग्रस्थानमा रहने सहकारीका रूपमा वातावरण सहकारी उभिएको उल्लेख गर्दै कार्यकारी प्रवन्धक आचार्यले आगामी दिनमा सेवा विस्तारसँगै सहकारीलाई अझ सुदृढ बनाइने बताउनुभयो।



प्रकाशित मिति: १८ मंसिर २०८२, बुधबार ०९:०५