कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका लगायतका क्षेत्रमा परिलक्षित संस्थाले सञ्चालन गरेको “शैक्षिक सहयोग परियोजना” अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, रोजगारी र आत्मनिर्भरता वृद्धि गर्ने प्रभावकारी कार्यक्रमका रूपमा परिचित बन्दै गएको छ।आज वीरेन्द्रनगरमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले परियोजनाले ल्याएका सकारात्मक परिवर्तनका अनुभव साझा गर्दै, आफूहरूको जीवनमा उल्लेखनीय सुधार आएको बताएका छन्। सहभागीहरूले परिलक्षित संस्थाको सहयोगले अध्ययनदेखि सिप सिक्ने र जीविकोपार्जन गर्न सहज वातावरण प्राप्त भएको बताएका छन्।उनीहरुले परिलक्षित सस्थाकै कारण पढाइलेखाइदेखी अन्य सानातिना काम गर्न सहज भएकाे बताएका छन। अपागंता भएका व्यक्तीहरुले अहिले सस्थाकै सहयाेगमा जिविकाेपार्जन गर्न समेत सहयोग प्राप्त भएकाे बताएका छन ।परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा प्रगति ल्याउँदै जीवनस्तर सुधार गर्नु र सार्वजनिक सेवामा पहुँच विस्तार गरेकाे बताएकाे छ। स्थानीय सरकार, विद्यालय, अभिभावक र सामुदायिक सरोकारवालाहरूसँग नजिकको सहकार्यमा सन् २०२२ देखि सञ्चालनमा आएको यो परियोजना २०२५ सम्म उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको संस्थाले जनाएको छ।
महत्वपूर्ण उपलब्धिहरू
परिलक्षित संस्थाका फिल्ड संयोजक राजु लामिछानेले , सन् २०२२ देखि २०२५ सम्मको अवधिमा संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, रोजगारी, स्वास्थ्य र सशक्तीकरणका क्षेत्रमा ठूला उपलब्धि हासिल गरेको बताउनु भएकाे छ।
हाल ४४ जना अपाङ्गता भएका विद्यार्थीहरू उच्च शिक्षामा अध्ययनरत छन्। छात्रवृत्तिको सहज पहुँचका कारण उनीहरूको अध्ययनमा निरन्तरता र परीक्षाफलमा सुधार आएको बताउनुभयो।त्यस्तै, श्री कृष्ण संस्कृत तथा साधारण मा।वि। इत्राममा दृष्टिविहीन विद्यार्थीहरूका लागि बेड, खाना पकाउने सामग्री र ब्रेल कापी सहयोग गरिएको छ, जसले अध्ययनमा सहजता ल्याएको छ।
श्री त्रिपुरेश्वर मा।वि। ढोडेखालीमा अपाङ्गता मैत्री शौचालय निर्माण र श्री सिद्ध बहिरा बालक विद्यालयमा १०४ जना बालबालिकाका लागि पोषणयुक्त खाना, शैक्षिक सामग्री र फर्निचर सहयोग पनि गरिएको छ। जीविकोपार्जनका क्षेत्रमा पनि परियोजनाले ठुलो प्रभाव पारेको लामिछानेले बताउनुभयो।
यस्तै किराना पसल सहयोगमार्फत ६ जना अपाङ्गता भएका व्यक्ति स्वरोजगार भएका छन्, १० जनाले तरकारी खेती तालिम र सामग्री सहयोग प्राप्त गरेका छन्, १२ जनाले कम्प्युटर तालिम, ५ जनाले सिलाई–कटाई तालिम, र १८ जनाले लोक सेवा आयोग तयारी कक्षा लिएर रोजगारी तथा सेवामुखी पेशामा प्रगति गरिरहेका छन्।
यस्तै, ९ जनाले बाख्रा पालन तालिम, २ जनाले बंगुर पालन तालिम, र १ जनाले मोबाइल मर्मत तालिमपछि पसल सञ्चालन गर्दै आत्मनिर्भरता हासिल गरेका छन्।
सामाजिक परीक्षण
यसैबीच, परिलक्षित संस्थाले आज वीरेन्द्रनगर नगरपालिकामा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले परियोजनाले ल्याएका सकारात्मक परिवर्तनका बारेमा आफ्ना अनुभव साझा गरेका थिए।सहभागीहरूले संस्थाको सहयोगले आफ्नो जीवनमा उल्लेखनीय सुधार र आत्मविश्वास वृद्धि भएको जनाएका छन्।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा, प्रतिवेदक कृष्ण बस्लौलले जीविकोपार्जन र आत्मनिर्भरता कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक र आर्थिक अवस्था दुवैमा ठुलो परिवर्तन ल्याएको निष्कर्ष प्रस्तुत गर्नुभयाे
स्थानीय सरकारको प्रशंसा
कार्यक्रमका प्रमुख अतिथि, वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य टिका घलेले परिलक्षित संस्थाले अपाङ्गताको क्षेत्रमा गरेको कामको उच्च प्रशंसा गर्नुभयो।
उहाँले भन्नुभयो परिलक्षित संस्थाले अपाङ्गता भएका व्यक्ति र बालबालिकाको जीवनमा ल्याएको परिवर्तन साँच्चिकै सराहनीय छ। यसले न केवल शिक्षामा पहुँच बढाएको छ, बरु उनीहरूलाई आत्मनिर्भर र सम्मानका साथ समाजमा स्थापित हुन मद्दत गरेको छ। नगरपालिकाले यस्ता प्रयासहरूलाई निरन्तर साथ र सहकार्य गर्दै जानेछ।”
कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुख, प्रतिनिधिहरू, सामुदायिक अगुवा, विद्यालयका शिक्षक तथा अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
तीन प्रमुख उपलब्धि
शैक्षिक सहयोग परियोजनाले सुधारिएको शिक्षा, सामाजिक–आर्थिक सशक्तीकरण, र सुदृढ वकालत — आपसमा सम्बन्धित र एकअर्कालाई पूरक रहेका छन्।छात्रवृत्ति, पूर्वाधार सुधार र सिपमूलक तालिमहरूले सहभागीहरूलाई आफ्ना लक्ष्य हासिल गर्न सशक्त बनाएको छ।सन् २०२२ देखि बिरेन्द्रनगर नगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको यस परियोजनाबाट हालसम्म १५६ जना अपाङ्गता भएका व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
स्थानीय सरकार र समुदायबीचको सहकार्यमा सञ्चालन भएको यो परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा स्थायी परिवर्तन ल्याउँदै समावेशी र समानतामूलक समाज निर्माणतर्फ योगदान पुर्याएकाे छ।कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुख एवम प्रतिनिधिहरुकाे समय सहभागिता रहेकाे थियाे।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शुक्रबार २१:२७