संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सुर्खेतमा रहेका चार प्रमुख राजनीतिक दलले अन्तरसंवाद कार्यक्रम गरेका छन्।
जिल्ला समन्वय समितिको सभाहलमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू एउटै मञ्चमा देखिएका हुन्।
कार्यक्रमका सहभागिह वक्ताहरूले संसद् विघटन असंवैधानिक भएको भन्दै संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
नेताहरूले जेनजी पुस्ताको आन्दोलनमा भएका आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक गतिविधिप्रति गहिरो दुख व्यक्त गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, पूर्वमुख्यमन्त्री एवम् कांग्रेस कार्यसम्पादन समिति सदस्य जीवनबहादुर शाही र नेकपा माओवादी केन्द्रका प्रदेश इञ्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्ना धारणा राखेका गर्नुभयो हो।
उनीहरूले संविधानको मर्म र भावनाअनुसार जेनजी पुस्ताका मागलाई सम्बोधन गर्न सकिने भन्दै, ध्वंसात्मक गतिविधि र संसद् विघटनजस्ता घटनाले मुलुकको विकास यात्रामा गम्भीर चुनौती थपेको बताएका छन्।
नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिबारे आ–आफ्ना धारणा राखेका छन।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार १७:१२