लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले दशैंलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। नयाँ वा पुराना दुवै ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो अफर अन्तर्गत छुटसहित विभिन्न ग्याजेट तथा उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
भायानेटका अनुसार नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेट नवीकरण गर्ने ग्राहकहरूले यो योजनामा सहभागी हुन सक्नेछन्। अफर अन्तर्गत रु. ३,००० पर्ने मेस राउटर रु. ५०० छुटसहित रु. २,५०० मा उपलब्ध हुनेछ। त्यस्तै, रु. १०,७४९ मूल्य पर्ने डूअल ब्याण्ड फोन (ZTE Nubia A36) छुटपछि रु. ८,२९९ मा किन्न सकिनेछ। साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी रु. २७,९९९ मा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
यससँगै, रु. ८,४०० भन्दा बढी भुक्तानी गर्ने ग्राहकले इसेवा एप प्रयोग गरी PromoCode VIA300 हाल्दा रु. ३०० क्यासब्याक पाउने सुविधा पाउनेछन्। साथै, “Spin the Wheel” मा भाग लिएर थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट जित्ने अवसर पनि रहेको भायानेटले जनाएको छ।
कम्पनीले दशैंको अवसरमा ल्याइएको यो अफर ग्राहकलाई थप सहज र लाभदायी हुने विश्वास व्यक्त गरेको छ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार १६:३०