सुर्खेत, २९ साउन –समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले विविध कार्यक्रम आयोजना गरी आफ्नो ३१ औँ स्थापना दिवस मनाएको छ ।
सामूहिक सरसफाई अभियान, मानव सेवा आश्रममा भोजन सेवा, माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता, प्रदेश स्तरीय अन्तरक्रिया, रक्तदान लगायतका सप्ताहव्यापी विभिन्न कार्यक्रमगरी स्याक नेपालले स्थाहो । ‘अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ति बाल्नु बेश’ भन्ने मुल नारा लिएर २०५२ साल साउन २९ गते वीरेन्द्रनगर १२ नेवारेमा स्याकको स्थापना गरिएको थियो । स्थापना दिवसका अवसरमा विहीबार औपचारिक समारोहको आयोजना गरिएको छ ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले समाज रुपान्तरणका क्षेत्रमा स्याक नेपालले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । कार्यक्रमको उद्घाटनपछि आफ्नो भनाई राख्दै मुख्यमन्त्री कंडेलले सबै मिलेर युवाहरुलाई आफ्नै देशमा स्वरोजगार बन्न प्रेरणा दिन आवश्यक रहको औँल्याउनुभयो । अहिले समाजमा निराशा बाड्ने काम भैरहेको भन्दै त्यसले समाजलाई नकरात्मकता तर्फ डो¥याइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । सकरात्मक भएका कामहरुको पनि चर्चा गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले विगतमा ग्रामीण समाजको चेतनास्तरबृदिमा स्याक नेपालले महत्वपूर्ण काम गरेको भन्दै अब सहरमा काम गर्न जरुरी देखिएको बताउनुभयो । उहाँले सहरमा लागू औषध दूव्र्यसनी लगायतका समस्या समस्या बढ्दै गएको भन्दै अब नागरिक समाज संस्थाहरूले सहर बजारमा पनि सचेतनामूलक रुपान्तरणीय काम गर्नुपर्ने औँल्याउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले समाज रूपान्तरण र महिला अधिकार प्रबद्र्धनमा स्याक नेपालले अतुलनीय योगदान पु¥याएको बताउनुभयो । आज भन्दा ३० बर्ष अघि महिला बालबालिकाको अधिकारको दायरा कमजोर रहेको स्मरण गर्दै उहाँले आजको अवस्थामासम्म पुग्न स्याकको पनि उल्लेखेनीय योगदान रहेको बताउनुभयो ।
संस्थापक अध्यक्ष एवं संरक्षक डाक्टर सुरेश तिवारीले स्याक नेपालको स्थापनाका सुरुवाती दिनको स्मरण गर्दै ३० बर्षको अवधिमा भएका परिवर्तन र स्थापित नागरिक अधिकारको हिस्सेदार स्याक नेपाल पनि भएको जिकिर गर्नुभयो । तिवारीले समावेशी, सुशासनयुक्त समुन्नत समाज निर्माणका लागि रुपान्तरीय अभियानमा स्याक नेपाल निरन्तर लागिरहने बताउनुभयो । ३० बर्षको दौरानमा संचार प्रविधि लगाय समाजमा निकै परिवर्तन आइसकेको हुनाले अब समाजका नयाँ आयमहरूलाई बुझेर रणनीति बनाई स्याक नेपाल अघि बढ्ने उहाँको भनाई छ ।
स्याक नेपालका अध्यक्ष मिना तिवारी शर्माले नागरिकमा अधिकारसँगै कर्तव्यबोध गराएर जागरण ल्याउनेकुरामा स्याक नेपाल सम्बद्ध सबैसँग सँगसँगै हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
स्थापना दिवस समारोह
विहीबार आयोजित औपचारिक कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले स्याक नेपालले समाज रुपान्तरणमा पु¥याएको योगदानको प्रशंसा गर्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्न सबैले हातेमालो गर्नुपर्ने बताए।
सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले ग्रामीण क्षेत्रमा चेतना अभिवृद्धि गरेझैँ अब सहरमा पनि लागूऔषध दुव्र्यसनजस्ता समस्याविरुद्ध सचेतनामूलक अभियान सञ्चालनको आवश्यकता औँल्याए।
वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले महिला तथा बालबालिकाको अधिकार विस्तारमा स्याकको योगदान स्मरण गर्दै महिला अधिकार प्रवर्द्धनमा संस्थाको भूमिका उल्लेखनीय रहेको बताइन्।
मानव सेवा आश्रमलाई साढे ६ लाख सहयोग
स्थापना दिवसकै अवसरमा स्याक नेपालले मानव सेवा आश्रमको भवन निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। आश्रमका संस्थापक रामजी अधिकारीले सहयोगको प्रशंसा गर्दै यसले सेवा कार्यलाई थप सशक्त बनाउने बताए। आश्रमको भवन निर्माणका लागि गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा उपलब्ध गराइसकेको छ।
योगदानकर्ताहरू सम्मानित
स्याक नेपालले आफ्नो तीन दशकको यात्रामा साथ दिने तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्यो। सम्मानितमध्ये खानेपानी सरसफाई क्षेत्रमा कुलमणि देवकोटा, शिक्षा तथा मानव अधिकार क्षेत्रमा पीताम्बर ढकाल, कला क्षेत्रमा प्रेम देव गिरी, मानव सेवा क्षेत्रमा रामजी अधिकारी, महिला अधिकारमा अधिवक्ता गीता कोइराला, लेखक तथा चिकित्सक डा. नवराज केसी, गायिका टिका पुनलगायत छन्। साथै, संस्थापक सचिव तथा कार्यकारी निर्देशक टिकाराम आचार्यलाई लामो सेवाका लागि विशेष सम्मान प्रदान गरिएको छ।
तीन दशकको स्मारिका विमोचन
संस्थाले ३० वर्षको यात्रा समेटिएको ‘सामाजिक रुपान्तरणमा स्याक नेपालको तीन दशक’ नामक स्मारिका सार्वजनिक गरेको छ। शुक्रबारसम्म चल्ने साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, बिहीबार १९:५०