ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी अन्तर्गत सञ्चालित रेष्ट परियोजनाले सुर्खेतको भेरीगंगा नगरपालिकामा सामाजिक परीक्षण सम्पन्न गरेको छ।आज आयोजित एक विशेष कार्यक्रममार्फत परियोजनाले चालु वर्षमा सञ्चालन गरेका विविध गतिविधिहरू सार्वजनिक गरिएको हो।परियोजनाले सुर्खेतका १८ वटा वडामा रहेका विपन्न बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको जनाएको छ।
गरिबीका कारण विद्यालय जान छोड्न बाध्य भएका बालिका तथा किशोरीहरूलाई पुनः शिक्षाको मूलधारमा फर्काउने उद्देश्यले परियोजनाले शैक्षिक सामग्री वितरण, आर्थिक सहयोग र अभिप्रेरणामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको परियोजनाले जनाएको छ।
संस्थाले बार्षिक १२ हजार भन्दा धेरै विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान र उनीहरूलाई शिक्षाको पहुँचमा ल्याउने काम गरिरहेको जनाएको छ।
यसैबीच कार्यक्रममा सहभागीहरले परियोजनाले विपन्न बालिकाहरूको जीवनमा आशाको झिल्का देखाएको भन्दै यस्ता खाल्का कार्यक्रमहरूले निरन्तरता पाउनुपर्नेमा जोडदिएका छन।उनीहरूले बालिका र किशोरीलाई शिक्षाको पहुँच र जिविकोपार्जनमा सहयोग पुर्याएको भन्दै थप क्षेत्र विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।
रेष्ट परियोजनाले शिक्षाबाट वञ्चित भएका वर्गहरूलाई समेट्ने गरी कार्य गर्न आग्रहगर्दै स्थानिय सरकारले पनि पहल थाल्पर्नेमा जोडदिएका छन।कार्यक्रममा रेष्ट परियोजनाका प्रदेश संयोजक आयुष ढकालले परियोजनाले वर्षभरि गरेका गतिविधिहरूको जानकारी दिँदै यस्तो अभ्यासलाई राज्यले आफैंले अनुकरण गरी दीगो कार्यक्रम बनाउने आवश्यकता औंल्याउनुभयो।
उहाँले परियोजना सीमित क्षेत्रमै केन्द्रित हुने भएकाले सरकार स्वयम् जिम्मेवार भई यस्ता कार्यक्रमहरू अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।कार्यक्रममा भेरीगंगा नगर प्रमुख यज्ञप्रसाद ढकालले शिक्षाबाट वञ्चित बालिकाहरूको पहुँचमा सुधार ल्याउन परियोजनाले खेलेको भूमिकालाई सराहना गर्दै, नगरपालिकाको साझेदारीमा यसलाई अन्य वडाहरूमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले अझै पनि धेरै बालिकाहरू शिक्षाको अवसरबाट टाढा रहेको उल्लेख गर्दै, शिक्षा मात्र नभई आत्मनिर्भर र उद्यमशील बनाउने कार्यक्रमहरूमा समेत ध्यान दिनुपर्ने बताउनुभयो।रेष्ट परियोजनाकी उपाध्यक्ष शारदा ज्ञवालीले कार्यक्रमहरूलाई राज्यको नेतृत्वमा लैजानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा भेरीगंगा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, शिक्षक तथा लाभान्वित बालिका तथा किशोरीहरू, र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।रेष्ट परियोजनाको सफल अभ्यासप्रति सहभागीहरूले प्रशंसा व्यक्त गर्दै यसको पहुँच अझ विस्तार गर्न सुझाव दिएका छन्।

प्रकाशित मिति: १२ असार २०८२, बिहीबार १६:५२