सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष कविराज गिरीले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै ५१ हजार ५५५ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन्।
उक्त कोष हिमालय माध्यमिक विद्यालय, चोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति, शैक्षिक सामग्री तथा अन्य आवश्यक सहयोगका रूपमा वितरण गरिनेछ। कोषको सुरुवात वडाध्यक्ष गिरीले आफ्नै व्यक्तिगत पहल र खर्चबाट गरेका हुन्।
“जन्मदिनको दिनलाई विशेष बनाउनु थियो, तर व्यक्तिगत खुशीभन्दा समाजका लागि केही गरौं भन्ने सोचले यो काम सुरु गरेको हुँ,” अध्यक्ष गिरीले भने, “अझै पनि मैले पाउने सेवा सुविधा कटौती गरेर विद्यार्थीहरूलाई सहयोग गर्दै जाने अठोट लिएको छु।”
उनले आगामी दिनहरूमा पनि यस्तै रचनात्मक तथा समाजोपयोगी कामहरू निरन्तर रूपमा गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूले अध्यक्ष गिरीको यो कार्यको खुलेर प्रशंसा गरेका छन्। कोष पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न छुट्टै समिति गठन गरी कार्यविधि निर्माण गर्ने तयारी रहेको वडाबाट जानकारी दिइएको छ।
उक्त कोष विशेष गरी हिमालय माध्यमिक विद्यालय, चोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री, छात्रवृत्ति वा अन्य आवश्यकताहरूमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको हो। वडाध्यक्ष गिरीले कोषको सुरुआत आफ्नै व्यक्तिगत पहल र खर्चबाट गरेका हुन्।
“जन्मदिनलाई समाजको सेवामा समर्पित गर्न पाउँदा आत्मसन्तोष मिलेको छ,” अध्यक्ष गिरीले भने, “यो अक्षय कोषको मार्फत आर्थिक रूपले कमजोर तर पढाइमा अब्बल विद्यार्थीहरूलाई निरन्तर प्रोत्साहन दिन चाहन्छु।”
विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूले वडाध्यक्ष गिरीको यस सकारात्मक पहलको उच्च प्रशंसा गरेका छन्।
आगामी दिनहरूमा कोषलाई थप विस्तार गर्ने योजना समेत रहेको बताइएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, आईतवार २१:१३