नेपाल स्वास्थ्यकर्मी संघ गुर्भाकोटको अध्यक्षमा नेत्रलाल खत्री चयन हुनुभएको छ।दोस्रो नगर अधिवेशनबाट खत्रीको अध्यक्षतामा २१ सदस्य नयाँ नेतृत्व निर्विरोध निर्वाचित हो।
संघको उपाध्यक्षमा प्रेमबहादुर वली, गिता कुमारी रेग्मी, केसी कुमारी वली, देविसरा बुढा, सत्यप्रकाश पाण्डेय र निर्मला विक चयन हुनुभएको छ।
यस्तै सचिवमा युवराज ढकाल,कोषाध्यक्षमा यज्ञ पन्त,सहसचिव डम्मर बहादुर वली,अमृता पुन र नानीमाया कामी निर्वाचित हुनुभएको छ।
यस्तै सदस्यमा यमुना वली, तिर्थ बहादुर पौडेल,धर्मा खत्री,बबिता डिसी, गौमाया बिक, भिमराज खत्री, टेक बहादुर रोकाय र विशाल शर्मा चयन हुनुभएको छ।
यस्तै जिल्ला प्रतिनिधिमा शेर बहादुर खत्री, जीवन लामिछाने,दिपेन्द्र खत्री,गणेश बहादुर वली,पूर्ण बहादुर घर्ती, ज्ञान बहादुर खत्री, किरण वली, रमेश पाण्डे र झगवीर बिक महर छनौट हुनुभएको छ।
कार्यक्रममा नेपाली कांग्रेसक सुर्खेतका सभापति खड्कबहादुर पोखरेल, गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगाएका नेताहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, आईतवार ०८:०५