मोतिप्रसाद कंडेलको अध्यक्षतामा नेपाल प्रजातन्त्र सेनानी संघ कर्णाली गठन भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम अधिवेशन बाट कंडेलको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसहमतिले चयन भएको हो ।
संघको उपाध्यक्ष मनमाया प्याकुरेल र महामन्त्रीमा गजराज जोशी चयन हुनुभएको छ।
यस्तै सदस्यहरुमा हेमकान्त रिजाल दैलेख, तुङ्गनाथ उपाध्याय जुम्ला, पदम बहादुर लामा हुम्ला, राम सिंह ऐडी मुगु , दुर्ग बहादुर शाही कालिकोट चयन हुनुभएको छ।
यस्तै भुमिराज रोकाय जाजरकोट, यमुना रेग्मी सुर्खेत, भक्तबहादुर थापा डोल्पा, टेक बहादुर लम्साल रूकुमपश्चिम,टोपबहादुर भण्डारी सल्यान,रामप्रसाद देवकोटा सुर्खेत,नरेन्द्र कार्की सुर्खेत, पदमबहादुर शाही दैलेख,धनबहादुर हमाल सल्यान,विष्णु गौतम दैलेख, प्रेमदेव गिरी सुर्खेत र रेशम विक दैलेख चयन हुनुभएको छ।
सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक मन्त्री घनश्याम भन्डारी केन्द्रिय सदस्य जानकी सिहं, नेपाली कांग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेल, निर्वतमान पाटी सभापति कमलराज रेग्मी लगायतका नेताहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, शनिबार २१:१२