चर्को गर्मीमा विद्युत अनियमित हुन थालेपछि उपभोक्तालाई थप सास्ती भएको हो।सुर्खेतमा नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको विद्युत अनियमित हुँदा उपभोक्ता विद्युत सेवा भरपर्दो नहुँदा उपभोक्ताहरू कर्णालीका नागरिकहरू मारमा परेका छन।
पछिल्लो समय विद्युत अनियमितसँगै भोल्टेजको समस्या पनि बढ्दै गएको छ।छिनछिनमा विद्युत जाने–आउने भइरहँदा विद्युतीय उपकरण बिग्रिएर क्षति हुने जोखिम बढेको छ।
विद्युत सेवा नियमित नभएपछि इलेक्ट्रोनिक्स र उत्पादनमूलक व्यवसायहरू चौपट भएका छन्।लामो समयदेखि विद्युतमा देखिएको समस्या समाधान नगरिँदा उपभोक्ता र व्यवसायीहरू मर्कामा परेका हुन्।
पटकपटक जाने हुँदा उपभोक्ताको दैनिकी असहज भएको छ। नेपाल लोडसेडिङमुक्त भनिए पनि कर्णाली प्रदेशका नागरिकले त्यसको अनुभूति गर्न पाएका छैनन्।
यता सुर्खेत उधोग बाणिज्य संघले लो भोल्टेज तथा अनियमित विद्युतको समस्या तत्काल समाधानका लागि नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रमा ध्यानाकर्षणसहित मागपत्र बुझाएको छ।
संघका अध्यक्ष हर्षविक्रम खड्काले बारम्बार विद्युत अवरुद्ध हुनाले व्यावसायिक क्षेत्र बढी प्रभावित बनेको भन्दै विद्युत समस्याले बढी नोक्सानी भइरहेको बताउनुभयो।
यस क्षेत्रको औद्योगिक र व्यापारिक विकासका लागि स्थिर र गुणस्तरीय विद्युत आपूर्ति अत्यावश्यक रहेको भन्दै संघले ध्यानाकर्षण गराएको हो।
समस्याको दीर्घकालीन समाधानका लागि विद्युत आपूर्तिलाई नियमित र स्थिर बनाउन आवश्यक प्राविधिक सुधार गर्न, भोल्टेजको उतारचढाव नियन्त्रण गर्न ट्रान्सफर्मरको क्षमता वृद्धि वा थप वितरण लाइनको व्यवस्था गर्न र नियमित मर्मतसम्भार र प्राविधिक अनुगमनलाई प्रभावकारी बनाउन माग गर्दछौं ।
यस्तो छ सुर्खेत उधाेग बाणिज्य संघले बुझाएकाे ज्ञापनपत्र
प्रकाशित मिति: २ जेष्ठ २०८२, बिहीबार १८:००